Logo

आइतवार, श्रावण २४ गते २०८३

images

क्यान्सर र मधुमेहका बिरामीको पनि कोरोना परीक्षण थालियो

क्यान्सर र मधुमेहका बिरामीको पनि कोरोना परीक्षण थालियो

दैनिकी न्यूज

१९, आषाढ २०७७
क्यान्सर र मधुमेहका बिरामीको पनि कोरोना परीक्षण थालियो
images

काठमाडौं । सरकारले अबदेखि क्यान्सर र मधुमेहका बिरामीको पनि कोरोना परीक्षण गर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबारदेखि कोरोना परीक्षणको दायरा फराकिलो बनाएको भन्दै त्यस्ता बिरामीहरुको परीक्षण गर्ने व्यवस्था मिलाइएको जानकारी दिएको हो ।

मन्त्रालयले आयोजना गर्ने नियमित कोभिड १९ प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले इमर्जेन्सी र आईसीयूमा भर्ना हुने बिरामीका पनि कोरोना परीक्षण गरिने बताए । त्यसैगरी पकेट क्षेत्रमा बसोबास गर्ने मानिस र स्वास्थ्यकर्मीहरुको पनि कोरोना परीक्षण गर्ने मन्त्रालयले जानकारी गराएको छ ।

मन्त्रालयले क्लीनिकल समन्वय समितिको छलफलबाट सरकारी, सामुदायिक तथा निजी अस्पतालमा बिरामीको उपचार गर्ने व्यवस्था मिलाइएको जनाएको छ ।

images
प्रकाशित मिति :आषाढ १९, २०७७ शुक्रवार - २१:१३:०७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology