काठमाडौं । नेपालमा कोरोना संक्रमणका कारण थप एक जनाको मृत्यु भएको छ। गोरखाको पालुङटार नगरपालिका वडा नम्बर ७ का ४४ वर्षीय पुरुषको मृत्यु भएको हो।
पालुङटार नगर स्वास्थ्य प्रमुख कृष्णप्रसाद अधिकारीका अनुसार गोरखा अस्पतालको आइसोलेसनमा रहेका उनको आज बिहान ५ बजेतिर भएको हो।
यही असार १७ गते कतारबाट आएका उनमा शुक्रबार कोरोना संक्रमण पुष्टि भएको थियो। अहिले उनको शव व्यवस्थापनका लागि उनको परिवारका सदस्यलाई गोरखा अस्पताल लाने तयारी भइरहेको छ ।
योससँगै गण्डकी प्रदेशमा कोरोनकोबाट मृत्यु हुनेको संख्या ३ पुगेको छ भने देशभर ३३ जनाको मृत्यु भएको छ।