Logo

आइतवार, श्रावण २४ गते २०८३

images

शनिबार २३२ कोरोना संक्रमित थपिए, २ जनाको मृत्यू

शनिबार २३२ कोरोना संक्रमित थपिए, २ जनाको मृत्यू

दैनिकी न्यूज

२०, आषाढ २०७७
शनिबार २३२ कोरोना संक्रमित थपिए, २ जनाको मृत्यू
images

काठमाडौं । पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको ४ हजार ५० जनामा पिसीआर परीक्षणमा २३२ जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना अपडेटबारे नियमित प्रेस ब्रिफिङमा यस्तो जानकारी दिएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १५ हजार ४९१ पुगेको छ ।

मन्त्रालयका अनुसार शनिबार देशभर ३३ हजार १२५ जना क्वारेन्टाइनमा रहेका छन् । त्यस्तै कुल ९ हजार ४२ जना आइसोलेसनमा उपचाररत रहेका छन् । 

आज २ सय ७२ जना डिस्चार्ज भएका छन् । योसँगै नेपालमा डिस्चार्ज हुनेको संख्या ६ हजार ४१५ जना पुगेको छ । नेपालका ७७ जिल्लामा कोरोना भाइरसको संक्रमण फैलिएको छ । 

कोरोनाले मृत्यु हुनेको संख्या ३४ पुग्यो
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार शनिबार बिहान गोरखामा एक र रुपन्देहीका जनाको कोरोनाकै कारण मृत्यु भएसँगै मृतकको संख्या ३४ पुगेको हो ।

शनिबार बिहान गोरखा पालुङटार नगरपालिका–७ का ४४ वर्षीय पुरुषको मृत्यु भएको हो । असार १७ गते कतारबाट नेपाल आएका उनको उपचारको क्रममा शनिबार गोरखा अस्पतालमा मृत्यु भएको हो ।

त्यसैगरी रुपन्देही देवदह नगरपालिका ७५ वर्षीय पुरुषको समेत कोरोनाकै कारण मृत्यु भएको छ । उनी असार १४ गते काठमाडौंको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका थिए। उनको असार १७ गते मृत्यु भएको हो। उनमा कोरोना पुष्टि भने असार २० गते भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. गौतमले जानकारी दिए । उनी क्षयरोग पीडित थिए ।

images
प्रकाशित मिति :आषाढ २०, २०७७ शनिवार - १६:३५:०७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology