Logo

आइतवार, श्रावण २४ गते २०८३

images

विभिन्न मुद्दाका फरार प्रतिवादी पक्राउ

विभिन्न मुद्दाका फरार प्रतिवादी पक्राउ

दैनिकी न्यूज

२०, आषाढ २०७७
विभिन्न मुद्दाका फरार प्रतिवादी पक्राउ
images

काठमाडौं । काठमाडौं र कास्कीबाट विभिन्न जिल्लाबाट फरार प्रतिवादी पक्राउ परेका छन् ।

काठमाडौं, सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा र नैतिकता विरुद्धको कसूर तथा करणी सम्बन्धी कसूर मुद्दाका फरार प्रतिवादी कैलाली धनगढी नगरपालिका–४ चटकपुर घर भएका बन डिभिजन कार्यालय, अत्तरिया कैलालीमा बन अधिकृत पदमा कार्यरत ६० वर्षीय राम नारायण यादवलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । यादव उपर विभिन्न मुद्दामा अनुसन्धान भइरहेको अवस्थामा रक्तचाप, मधुमेह समेतको बिरामी भई सेती प्रादेशिक अस्पताल धनगढीबाट साधन श्रोत सम्पन्न अस्पतालमा लगि औषधि उपचार गराउन रिफर भएका यादबलाई २०७७ जेठ ९ गते उनै छोराको जिम्मा जमानीमा छाडिएकोमा दुवैजना सम्पर्कविहिन भएका थिए । उनीहरुको खोजी गर्ने क्रममा केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका–३५ पेप्सीकोलास्थित टाउन प्लानिङमा लुकिछिपी बसेको अवस्थामा फेला पारी यादवलाई पक्राउ गरेको हो । साथै यादवलाई आवश्यक कानूनी कारवाहीको लागि शुक्रबार जिल्ला प्रहरी कार्यालय कैलाली पठाइएको उक्त ब्यूरोले जनाएको छ ।

कास्की, विभिन्न मुद्दामा फरार २ जना प्रतिवादीलाई वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा माछापुच्छ्रे गाउँपालिका–५ ख्याम्राङ बस्ने ६२ वर्षीय च्याम बहादुर तामाङ र माछापुच्छ्रे गाउँपालिका–२ बस्ने ३४ वर्षीय सन्तोष तामाङ रहेका छन् । उनीहरूमध्ये च्यामबहादुरलाई जिल्ला अदालत कास्कीको २०७३ जेठ १४ गतेको फैसलाले जबरजस्ती चोरी मुद्दामा १ लाख ५७ हजार ५ सय रुपैयाँ जरिवाना ठहर भएको र सन्तोषलाई सोही अदालतको २०७१ चैत २६ गतेको फैसलाले नकवजनी चोरी मुद्दामा ६६ हजार २ सय ९३ रुपैयाँ जरिवाना र नकबजनी चोरी मुद्दामा सोही मितिको फैसलाले १ लाख ३८ हजार ७५ रुपैयाँ जरिवाना सजाय ठहर भई फरार रहेका थिए । पक्राउ दुवै जनालाई आवश्यक कारवाहीको लागि जिल्ला अदालत कास्कीमा पेश गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

images
प्रकाशित मिति :आषाढ २०, २०७७ शनिवार - १८:०३:०१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology