Logo

आइतवार, श्रावण २४ गते २०८३

images

जुवातास खेलिरहेको अवस्थामा विभिन्न स्थानबाट १० जना पक्राउ

जुवातास खेलिरहेको अवस्थामा विभिन्न स्थानबाट १० जना पक्राउ

दैनिकी न्यूज

२०, आषाढ २०७७
जुवातास खेलिरहेको अवस्थामा विभिन्न स्थानबाट १० जना पक्राउ
images

काठमाडौं । प्रहरीले जुवातास खेलिरहेको अवस्थामा विभिन्न स्थानबाट १० जनालाई पक्राउ गरेको छ ।

कास्की, पोखरा महानगरपालिका–१४ चाउथे अनुपम टोल बस्ने ५५ वर्षीय भिम बहादुर तिमिल्सिनाको घरमा जुवातास खेलिरहेको अवस्थामा तिमिल्सिना लगायत ६ जनालाई नगद १ लाख १० हजार ९ सय २५ रुपैयाँ र ४ बुक तास सहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीले उनीहरुलाई जुवातास खेलिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।

बाँके, नेपालगंज उपमहानगरपालिका–१ तेजनगर बस्ने धर्मेस रावतको माछा पोखरी नजिक बनाएको फुसको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने २३ वर्षीय रमेश शर्मा सहित ४ जनालाई नगद १ लाख ४४ हजार २ सय ४५ रुपैयाँ सहित गएराति प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले उनीहरुलाई जुवातास खेलिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।

images
प्रकाशित मिति :आषाढ २०, २०७७ शनिवार - १८:०९:४५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology