Logo

आइतवार, श्रावण २४ गते २०८३

images

मास्क प्रयोग नगर्ने १२८ जना प्रहरीको फन्दामा

मास्क प्रयोग नगर्ने १२८ जना प्रहरीको फन्दामा

दैनिकी न्यूज

२०, आषाढ २०७७
मास्क प्रयोग नगर्ने १२८ जना प्रहरीको फन्दामा
images

बारा । मास्क प्रयोग नगर्ने १२८ जनालाई आज प्रहरीले नियन्त्रणमा लिएको छ ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरसको संक्रमण नियन्त्रण र रोकथामका तथा भाइरसको संक्रमणबाट बच्न र बचाउन र प्रकोप नियन्त्रण एवं न्यूनिकरण गर्नको लागि नेपाल सरकारद्वारा प्रचारप्रसार तथा जिल्ला प्रशासन कार्यालय बारा समेतबाट भएको निर्देशन बमोजिम नियन्त्रमा लिएको हो ।

असार १६ गतेदेखि १८ गतेसम्म मास्क प्रयोग गर्ने सचेतना अभियान संचालन गरिएता पनि सो को अवज्ञा गरि बिना मास्क व्यवसाय संचालन गर्ने व्यपारी, सवारी चलाउने चालक, पैदल हिडडुल गर्ने पैदल यात्रीहरू मध्ये १२८ जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डीएसपी गौतम मिश्रले जानकारी दिए ।

उनीहरुलाई संक्रामक रोग ऐन २०२० अनुसार जिल्ला प्रशासन कार्यालय बारा मार्फत प्रति व्यक्ति एक सय रुपैया जरिवाना गरी छाडिएको मिश्रको भनाई छ ।

images
प्रकाशित मिति :आषाढ २०, २०७७ शनिवार - १८:४२:१३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology