Logo

आइतवार, श्रावण २४ गते २०८३

images

उपत्यकामा कोरोना सङ्क्रमण बढ्दै, समुदाय स्तरमा फैलियो

उपत्यकामा कोरोना सङ्क्रमण बढ्दै, समुदाय स्तरमा फैलियो

दैनिकी न्यूज

२१, आषाढ २०७७
उपत्यकामा कोरोना सङ्क्रमण बढ्दै, समुदाय स्तरमा फैलियो
images

काठमाडौँ । पछिल्ला केही दिनयता काठमाडाँैं उपत्यकामा कोरोना भाइरसको सङ्क्रमण बढ्न थालेको छ । कोरोना सङ्क्रमितको सङ्ख्या बढेसंँगै उपत्यकावासीमा त्रास देखिए पनि समुदाय स्तरमा भने कोरोना फैलिनसकेको सम्बन्धित अधिकारीले बताएका छन् ।

एकैदिन ३२ जनासम्म सङ्क्रमित देखिएसंँगै काठमाडौँ उपत्यकामा सङ्क्रमित हुनेको सङ्ख्या १५४ पुगेको छ । उपत्यकामा बन्दाबन्दी खुकुलो भएपछि सङ्क्रमण फैलिएको केहीले बताइरहेका छन् भने केहीले काठमाडाँैमा समुदाय स्तरमा कोरोना फैलिसकेकाले सरकारले लकडाउनमा कडाइ गर्नुपर्ने बताइरहेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले भने काठमाडौंमा देखिएको कोरोना आयातीत भएकाले डराउनुपर्ने अवस्था नरहेको प्रस्ट पारेको छ ।

रोग नियन्त्रण महाशाखाका निर्देशक डा। वासुदेव पाण्डेले काठमाडौँमा कोरोना सङ्क्रमण समुदाय स्तरमा नफैलिएको दाबी गर्नुभयो । उहाँले हालसम्म काठमाडौँ उपत्यकामा आयातीत व्यक्ति मात्र सङ्क्रमित रहेको जानकारी दिँदै जति जनालाई परीक्षण गरिएको छ ती सबै विदेशबाट आएको बताउनुभयो । उहाँले १२ व्यक्ति अस्पतालमा जटिल रोग लिएर भर्ना भएका हुन्, उनीहरूलाई कसरी कोरोना स¥यो भन्ने विषय निक्र्यौल हुन सकेको छैन भन्नुभयो ।

डा. पाण्डेका अनुसार उपत्यकाका विभिन्न अस्पतालमा भर्ना भएका व्यक्तिका घर, वरपरका व्यक्तिलाई कोरोना परीक्षण गर्न लागिएको जानकारी दिनुभयो । केही स्थानका टोल टोलमा परीक्षण गर्ने तयारी भइरहेको भन्दै शनिबार २५० जनाको कोरोना परीक्षण गरिएको बताउनुभयो ।

काठमाडाँैमा हालसम्म कोरोना देखिएकामध्ये सबैभन्दा बढी व्यक्ति कुवेत, साउदी, कतार लगायतका मुलुकबाट आएका व्यक्ति रहेको जानकारी उहाँले दिनुभयो । काठमाडौँमा देखिएका सङ्क्रमितमध्ये १२ जनाको मात्र कोरोनाको स्रोेत पहिचान गर्न नसकिएको स्पष्ट गर्दै उहाँले ती स्थानमा स्वाब सङ्कलन गर्न थालिएको बताउनुभयो ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्व निर्देशक डा। बाबुराम मरासिनीले काठमाडौँ उपत्यकामा कोरोना सङ्क्रमण समुदाय स्तरमा गइसकेको दाबी गर्नुभयो । सरकारले कोरोनाविरुद्ध गरेका काम कोरोना नियन्त्रणभन्दा पनि कोरोना सार्ने खालको भएको भन्दै उहाँले यही तरिकाबाट कोरोनाको जोखिम नघट्ने दाबी गर्नुभयो ।

दैनिक सयौँ एम्बुलेन्स, गाडी थानकोट र साँगा नाकाबाट भित्रिरहेको भन्दै डा। मरासिनीले ती व्यक्तिबाट उपत्यकामा कोरोना भित्रिसकेको हुन सक्ने बताउनुुभयो । उपत्यका भित्रिने प्रमुख नाकामा प्रयोगशाला स्थापना गरेर बाहिरी जिल्लाबाट उपत्यका भित्रिने व्यक्तिको कोरोना परीक्षण गर्नुपर्ने उहाँले बताउनुभयो ।

कोरिया, अस्ट्रेलिया लगायतका मुलुकको उदाहरण दिँदै उहाँले नेपालमा पनि ती देशको मोडल अनुसार कोरोना नियन्त्रण सम्भव हुने जानकारी दिनुभयो । सरकारले कोरोनाविरुद्ध चालेका कदमले भने कोरोना नियन्त्रण हुनै नसक्ने उहाँको भनाइ छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा। समीरकुमार अधिकारीले काठमाडाँै उपत्यकामा देखिएका कोरोना सङ्क्रमित विदेशबाट आएको बताउनुभयो । अहिलेको अवस्थामा काठमाडौँमा समुदाय स्तरमा कोरोना फैलिएको भन्न नमिल्ने उहाँले बत९ाउनुभयो ।

यसैबीच काठमाडौंँको ढलको पानीमा समेत कोरोना भाइरस देखिएको अनुुसन्धानले देखाएको छ । ढलको पानीमा गरिएको अध्ययनले कोरोना भाइरस पुष्टि भएको देखाएको हो । सार्स–२ इन्भाइरोमेन्टल सर्भिलेन्सले दुई महिनादेखि काठमाडाँैंमा गरेको अध्ययनमा ढलमा कोरोना भाइरस देखिएको हो । जनस्वास्थ्यविद् डा। समीरमणि दीक्षितले ढलको पानीमा कोरोना रहेको अध्ययनले देखाएको पुष्टि गर्दै यसले काठमाडौं उपत्यकामा समुदाय स्तरमा कोरोना भएको प्रमाणित गरेको जानकारी दिनुुभयो ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का सदस्य सचिव डा. प्रदीप ज्ञवालीले एक गैरसरकारी संस्थाले गरेको अध्ययनमा ढलको पानीमा कोरोना पुष्टि भएको जानकारी प्राप्त भएको बताउनुभयो । उहाँले यो विषयमा अनुसन्धान नभएकाले ढलको पानी सङ्कलन गरेर परीक्षण गर्दा पोजेटिभ आएको स्पष्ट पार्नुुभयो ।

गोरखापत्र दैनिकमा सरोज ढुङ्गेलले लेखेका छन् ।

images
प्रकाशित मिति :आषाढ २१, २०७७ आइतवार - ०६:२०:२९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology