Logo

सोमवार, श्रावण २५ गते २०८३

images

मनसुनी वायुको प्रभाव, देशभर भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह

मनसुनी वायुको प्रभाव, देशभर भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह

दैनिकी न्यूज

२१, आषाढ २०७७
मनसुनी वायुको प्रभाव, देशभर भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
images

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायु को प्रभाव रहेको छ । साथै भारतको पूर्वी उत्तर प्रदेशमा निम्न चापिय क्षेत्र रहेको छ । हाल देशभर सामान्यदेखि पूर्ण बदली रही केहि स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भईरहेको महाशाखाले जनाएको छ।

देशका धेरै स्थानहरुमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनुका साथै प्रदेश प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का एक वा दुई स्थानहरुमा मेघगर्जन÷चट्याङ सहित भारी वर्षाको समेत सम्भावना रहेको छ। तसर्थ ती प्रदेशहरूमा नदीहरुमा पानीको बहाव बढ्ने, भू–क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल÷ पानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

असार २१ गते (आइतबार)

दिउँसोः देशभर साधारणतया बदली रही धेरै स्थानहरुमा मेघगर्जन/चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको  सम्भावना रहेको छ। प्रदेश १, प्रदेश २, गण्डकी प्रदेश र प्रदेश ५ का एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ।

रातीः देशभर साधारणतया बदली रही केहि स्थानहरुमा स्थानहरूमा मेघगर्जन/चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको  सम्भावना रहेको छ। प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ ।

असार २२ गते (सोमबार)

दिउँसोः देशभर अधिकांश बदली रहनेछ । प्रदेश ५, सुदुर पश्चिम प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेश र  बागमती प्रदेशका धेरै स्थानहरुमा र प्रदेश १, प्रदेश २ का केहि स्थानहरुमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको  सम्भावना रहेको छ।गण्डकी प्रदेश र प्रदेश ५ का एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ।

रातीः देशभर साधारणतया बदली रहनेछ । प्रदेश ५, सुदुर पश्चिम प्रदेश, गण्डकी प्रदेश र बागमती प्रदेशका केही स्थानहरुमा र प्रदेश १ र प्रदेश २ कर्णाली प्रदेश का थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको  सम्भावना रहेको छ। गण्डकी प्रदेश, प्रदेश ५ र वागमति प्रदेश का एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ ।

असार २३ गते (मंगलबार)

दिउँसोः देशभर साधारणतया बदली रहनेछ । सुदुर पश्चिम प्रदेश, प्रदेश ५, गण्डकी प्रदेश, कर्णाली प्रदेश र  बागमती प्रदेशका धेरै स्थानहरुमा र प्रदेश १, प्रदेश २ का केहि स्थानहरुमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको  सम्भावना रहेको छ। सुदुर पश्चिम प्रदेश, प्रदेश ५ र गण्डकी प्रदेश का एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ।

 

रातीः देशभर साधारणतया बदली रही केही स्थानहरुमा मेघगर्जन/चट्याङ  सहित हल्का देखि मध्यम वर्षाको  सम्भावना रहेको छ। सुदुर पश्चिम प्रदेश, प्रदेश ५, गण्डकी प्रदेश, प्रदेश २ र प्रदेश १ का एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ ।

images
प्रकाशित मिति :आषाढ २१, २०७७ आइतवार - ०७:५४:०० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology