Logo

सोमवार, श्रावण २५ गते २०८३

images

व्यास जयन्तीमा सार्वजनिक बिदा

व्यास जयन्तीमा सार्वजनिक बिदा

दैनिकी न्यूज

२१, आषाढ २०७७
व्यास जयन्तीमा सार्वजनिक बिदा
images

दमौली । तनहुँको व्यास नगरपालिकाले व्यास जयन्ती (गुरु पूर्णिमा) को अवसरमा नगर क्षेत्रभित्र सार्वजनिक बिदा दिने निर्णय गरेको छ । असार २१ गते आज मनाइने गुरु पूर्णिमाको अवसरमा नगरपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

नगरपालिकाको ३२औं नगरसभाको निर्णयबमोजिम स्थानीय बिदा दिने निर्णय भएको र उक्त दिन नगरपालिका कार्यालय र अन्तर्गतका सम्पूर्ण वडा कार्यालय, अत्यावश्यक सेवाबाहेकका अन्य कार्यालय बन्द रहने प्रमुख प्रशासकीय अधिकृत दिनेशराज पन्तले जानकारी दिए ।

गुरु पूर्णिमाको अवसरमा कार्यालय परिसरमा व्यास अवतरण दिवस मनाउने कार्यक्रम रहेको छ । तनहुँका स्थानीय तहहरुले विभिन्न पर्व, दिवसलगायतका अवसरमा सार्वजनिक बिदाको निर्णय गर्ने गरेका छन् । रासस

images
प्रकाशित मिति :आषाढ २१, २०७७ आइतवार - ०९:१५:४१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology