Logo

आइतवार, श्रावण २४ गते २०८३

images

आइतबार सुनचाँदीको भाउ स्थिर

आइतबार सुनचाँदीको भाउ स्थिर

दैनिकी न्यूज

२१, आषाढ २०७७
आइतबार सुनचाँदीको भाउ स्थिर
images

काठमाडौं । आइतबार सुनचाँदीको भाउ स्थिर रहेको छ । आइतबार सुन प्रति तोला ९० हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार तोलामा पाँच सय रुपैयाँले बढेर हालसम्मकै उच्च विन्दु ९१ हजार सातसय रुपैयाँमा पुगेको सुनको भाउ सो पश्चात केहि घट्न थालेको हो ।

शुक्रबार सुनको भाउ तोलामा पाँच सय रुपैयाँले घटेर ९० हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

3-21.PNG

आज तेजावी सुन पनि ९० हजार ६५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासँघले जनाएको छ ।

पछिल्लो समय डलरको भाउ केहि घटेकाले नेपाली बजारमा सुन केहि सस्तो भएको सुनचाँदी व्यवसायी तेजरत्न शाक्य बताउछन् । यद्यपि, ९० हजारको भाउ भनेको अझै धेरै महँगो रहेको उनले बताए ।

आइतबार चाँदी ९४० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

 

images
प्रकाशित मिति :आषाढ २१, २०७७ आइतवार - १०:५९:४५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology