Logo

आइतवार, श्रावण २४ गते २०८३

images

आज २९३ जना कोरोना संक्रमित थपिए, काठमाडौं, ललितपुर र भक्तपुरमा ३० जना

आज २९३ जना कोरोना संक्रमित थपिए, काठमाडौं, ललितपुर र भक्तपुरमा ३० जना

दैनिकी न्यूज

२१, आषाढ २०७७
आज २९३ जना कोरोना संक्रमित थपिए, काठमाडौं, ललितपुर र भक्तपुरमा ३० जना
images

काठमाडौं । पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको ४ हजार ७१० जनामा पिसीआर परीक्षणमा २९३ जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना अपडेटबारे नियमित प्रेस ब्रिफिङमा यस्तो जानकारी दिएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १५ हजार ७८४ पुगेको छ ।

आज थपिएका संक्रमितहरुमा रौतहटका २७, काठमाडौंका २७, धनुषाका २७, बाजुराका २०, सल्यानका १५, कैलालीका १४, कैलालीका १३, झापाका २, पाँचथरका १, ताप्लेजुङका २, मोरङका २, सिराहाका १, महोत्तरीका १२, पर्साका १ रहेका छन् ।

त्यस्तै बैतडीका ३, रौतहटका २, सल्यानका १, सर्लाहीका ७, मकवानपुरका १, अर्घाखाँचीका ४, बाँकेका १, बर्दियाका ५, नुवाकोटका २, भक्तपुरका १, रामेछापका २, सिन्धुपाल्चोकका २, इलामका १, ललितपुरका २, म्याग्दीका १, धादिङका १, बागलुङका १, तनहुँका २, कास्कीका २, लमजुङका १, गोरखाका १, कपिलवस्तुका २, नवलपरासीका १, प्यूठानका ११, रुपन्देहीका २, दैलेखका २, सुर्खेतका १०, स्याङ्जाका १, दैलेखका ५, सुर्खेतका २, रुकुम पश्चिमका ४, डडेलधुराका ९, अछामका १, बैतडी १, डोटीका ३ जना रहेका छन् ।

मन्त्रालयका अनुसार आइतबार देशभर ३१ हजार ५७३ जना क्वारेन्टाइनमा रहेका छन् । त्यस्तै कुल ९ हजार २०३ जना आइसोलेसनमा उपचाररत रहेका छन् ।

आज १ सय ३२ जना डिस्चार्ज भएका छन् । योसँगै नेपालमा डिस्चार्ज हुनेको संख्या ६ हजार ५४७ जना पुगेको छ । नेपालका ७७ जिल्लामा कोरोना भाइरसको संक्रमण फैलिएको छ ।

images
प्रकाशित मिति :आषाढ २१, २०७७ आइतवार - १६:२६:५३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology