Logo

आइतवार, श्रावण २४ गते २०८३

images

काठमाडौं उपत्यकामा एकै दिन भेटिए ३० कोरोना संक्रमित, कुन जिल्लामा कति ?

काठमाडौं उपत्यकामा एकै दिन भेटिए ३० कोरोना संक्रमित, कुन जिल्लामा कति ?

दैनिकी न्यूज

२१, आषाढ २०७७
काठमाडौं उपत्यकामा एकै दिन भेटिए ३० कोरोना संक्रमित, कुन जिल्लामा कति ?
images

काठमाडौं । काठमाडौं उपत्यकामा विस्तारै–विस्तारै कोरोना भाइरस (कोभिड–१९) संक्रमणको जटिल मोडतर्फ प्रवेश गर्दैछ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज सार्वजनिक गरेको विवरण अनुसार काठमाडौं जिल्लामा मात्रै हालसम्मकै धेरै कोरोना संक्रमित भेटिएका छन्।

मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमका अनुसार आज काठमाडौंमा मात्रै २७ जना कोरोना संक्रमित भेटिएका हुन्। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जको पिसिआर ल्याबमा गरिएको परीक्षणबाट २१ जना कोरोना संक्रमित भेटिएका गौतमले बताए।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौंका थप ५ जना संक्रमित भेटिएका छन्। उनका अनुसार वीर अस्पतालको ल्याबमा गरिएको परीक्षणमा काठमाडौंका अर्का एकजना संक्रमित भेटिएका छन्।

त्यसैगरी त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पालको ल्याबमै गरिएको परीक्षणमा भक्तपुरका १ जना र ललितपुरका २ जनामा पनि संक्रमण भेटिएको छ । काठमाडौं उपत्यका यति धेरै संख्यामा पहिलो पटक संक्रमितहरु भेटिएका हुन् ।

यसअघि काठमाडौं जिल्लामा १०९ जना, भक्तपुरमा २८ जना र ललितपुरमा १७ जना कोरोना संक्रमित भेटिएका थिए ।

images
प्रकाशित मिति :आषाढ २१, २०७७ आइतवार - १७:०९:३२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology