Logo

आइतवार, श्रावण २४ गते २०८३

images

ललितपुरको कोन्ज्योसोममा पनि भेटिए कोरोना संक्रमित, ललितपुरमा संक्रमित संख्या २० पुग्यो

ललितपुरको कोन्ज्योसोममा पनि भेटिए कोरोना संक्रमित, ललितपुरमा संक्रमित संख्या २० पुग्यो

दैनिकी न्यूज

२१, आषाढ २०७७
ललितपुरको कोन्ज्योसोममा पनि भेटिए कोरोना संक्रमित, ललितपुरमा संक्रमित संख्या २० पुग्यो
images

ललितपुर । ललितपुरमा आज दुई जना कोरोना भाइरस (कोभिड–१९) संक्रमित देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस विफ्रिङमा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले २ जना कोरोना संक्रमित पुष्टि गरेका हुन् ।

आज ललितपुरमा भेटिएका दुवै संक्रमित पुरुष रहेको स्वास्थ्य कार्यालय ललितपुरका प्रमुख डा. खगेश्वर गेलालले जानकारी दिए । उनका अनुसार आज थपिएका कोरोना संक्रमितहरुमा कोन्ज्योसोम गाउँपालिका वडा नं. ४ नल्लुका ५५ वर्षिय पुरुष रहेका छन् । उनलाई टेकु लैजाने तयारी भैरहेको गेलालले बताए । अहिले उनी नल्लुमै रहेको वडा अध्यक्ष तीर्थ घलानले बताए । उनी पनि स्वास्थ्य चौकी नल्लुमा कार्यरत छन् । विरामी ती ५५ वर्षिय पुरुष न्युरो हस्पिटलले डिस्चार्ज गरेपछि गाउँमा आएर बसेका थिए ।

त्यस्तै अर्का संक्रमितमा ललितपुर महानगरपालिका थसिखेका २९ वर्षिय पुरुष रहेका छन्, उनलाई टिचिङ हस्पिटलमा उपचाररत रहँदा कोरोना परीक्षण गर्दा पोजिटिभ देखिएको गेलालले बताए । उनले भने, ‘उहाँलाई शशस्त्र प्रहरीको बलम्बु हस्पिटल लैजाने तयारी भैरहेको छ ।’ स्वास्थ्य अवस्था सामान्य रहेको उनले बताए ।

यसअघि ललितपुरमा १८ जना संक्रमित भेटिएका छन्, योसँगै ललितपुरमा कोरोना संक्रमितको संख्या २० पुगेको छ ।

गत असार १७ र १८ गते लतिलपुरमा ८ जना कोरोना भाईरस (कोभिड–१९) संक्रमित थपिएका थिए । असार १८ गते महालक्ष्मी नगरपालिका वडा नं. ६ सिद्धिपुर ३० वर्षिय पुरुषमा कोरोना पोजिटिभ देखिएको थियो । ती पुरुष असार १३ गते साउदीबाट नेपाल आएका थिए ।

त्यस्तै असार १७ गते ३ स्वास्थ्यकर्मीसहित अन्य ४ गरी ७ जनामा कोरोना देखिएको थियो । संक्रमितहरु मध्ये ५ जना महिला र २ जना पुरुष रहेका छन् । थपिएका संक्रमितहरुमा ललितपुर–१४ थसिखेल बस्ने वर्ष २७ को पुरुष रहेका थिए । उनी पेटको आन्द्रामा पानी जमेर उपचार गर्न अल्का हस्पिटलमा गएका थिए । स्वाब संकलन गरी परीक्षण गर्दा कोरोना पुष्टि भएको थियो ।

त्यस्तै सप्तरी राजविराज घई भई हाल ललितपुर–१४ थसिखेल बस्ने वर्ष ३१ र खोटाङ जिल्ला घर भई हाल ललितपुर–१५ सातदोबाटो बस्ने वर्ष ३४ की महिला पनि कोरोना पोजिटिभ देखिएको थियो । दुवै जना अल्का हस्पिटलका स्वास्थ्यकर्मी हुन् ।

गोदावरी–११ चापागाउँका ६६ वर्षिय पुरुष, महालक्ष्मी–८ लुभुका २३ वर्षको महिला, ललितपुर–२३ हात्तीवनका २४ वर्षिय महिला, ललितपुरको नखीपोटका ३३ वर्षिय गर्भवती महिला रहेका थिए ।

यसअघि ललितपुरमा १० जनामा कोरोना पोजिटिभ देखिएकोमा २ जनाको मृत्यू भएको छ । मृत्यू हुनेमा बुंगमतीको ५७ वर्ष र टीकाथलीका ५० वर्षका पुरुष रहेका छन् ।

images
प्रकाशित मिति :आषाढ २१, २०७७ आइतवार - १७:५७:०२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology