दाङ । तुलसीपुर उपमहानगरपालिका वडा नं. ७ नयाँबस्ती बस्ने ३६ वर्षीय प्रेम बहादुर सुनारको घरमा जुवातास खेलिरहेको अवस्थामा सुनार सहित १० जनालाई नगद २ लाख २५ हजार रुपैयाँ र ४ गड्डी तास सहित आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनीहरुलाई जुवातास खेलिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।