Logo

आइतवार, श्रावण २४ गते २०८३

images

आज १८० जना कोरोना संक्रमित थपिए, काठमाडौं २४, ललितपुर २० र भक्तपुरमा १० थपिए

आज १८० जना कोरोना संक्रमित थपिए, काठमाडौं २४, ललितपुर २० र भक्तपुरमा १० थपिए

दैनिकी न्यूज

२२, आषाढ २०७७
आज १८० जना कोरोना संक्रमित थपिए, काठमाडौं २४, ललितपुर २० र भक्तपुरमा १० थपिए
images

काठमाडौं । पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको ४ हजार ७२१ जनामा पिसीआर परीक्षणमा १८० जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना अपडेटबारे नियमित प्रेस ब्रिफिङमा यस्तो जानकारी दिएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १५ हजार ९६४ पुगेको छ ।

आज काठमाडौंमा २४, ललितपुरमा २० र भक्तपुरमा १० जना कोरोना संक्रमित थपिएका छन् ।

मन्त्रालयका अनुसार सोमबार देशभर २९ हजार २१५ जना क्वारेन्टाइनमा रहेका छन् । त्यस्तै कुल ९ हजार ११८ जना आइसोलेसनमा उपचाररत रहेका छन् ।

आज २ सय ६४ जना डिस्चार्ज भएका छन् । योसँगै नेपालमा डिस्चार्ज हुनेको संख्या ६ हजार ८११ जना पुगेको छ । नेपालका ७७ जिल्लामा कोरोना भाइरसको संक्रमण फैलिएको छ ।

images
प्रकाशित मिति :आषाढ २२, २०७७ सोमवार - १६:२७:५८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology