Logo

आइतवार, श्रावण २४ गते २०८३

images

ललितपुरमा गेष्ट हाउस बस्नेलाई पनि देखियो कोरोना

ललितपुरमा गेष्ट हाउस बस्नेलाई पनि देखियो कोरोना

दैनिकी न्यूज

२२, आषाढ २०७७
ललितपुरमा गेष्ट हाउस बस्नेलाई पनि देखियो कोरोना
images

ललितपुर । ललितपुरमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार जिल्लामा एकैदिन २० जना संक्रमित थपिएका छन् । संक्रमित मध्ये एक जना भने गेष्ट हाउसमा बस्ने समेत रहेका छन् ।

सरकारले लकडाउन गरिरहेको बेला लगनखेलमा सञ्चालित मनकामना गेष्ट हाउसमा बसेका एक ६० वर्षिय महिलालाई कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिए ।

जिल्लामा संक्रमितको संख्या ह्वात्तै बढेसँगै प्रशासन र विभिन्न स्थानीय तहले सतर्कता बढाएका छन् । उपत्यकाबाहिर रहेका व्यक्तिहरु उपत्यका प्रवेश गरेसँगै जिल्लामा पनि संक्रमित बढेका हुन् ।

images
प्रकाशित मिति :आषाढ २२, २०७७ सोमवार - १७:०९:१७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology