Logo

आइतवार, श्रावण २४ गते २०८३

images

मास्क प्रयोग नगर्ने १०२ जना प्रहरीको फन्दामा

मास्क प्रयोग नगर्ने १०२ जना प्रहरीको फन्दामा

दैनिकी न्यूज

२२, आषाढ २०७७
मास्क प्रयोग नगर्ने १०२ जना प्रहरीको फन्दामा
images

बारा । प्रहरीले मास्क प्रयोग नगर्ने १ सय २ जनालाई आज नियन्त्रणमा लिएको छ ।

कोरोना भाईरसको संक्रमण नियन्त्रण र रोकथामका तथा भाइरसको संक्रमणबाट बच्न र बचाउन र प्रकोप नियन्त्रण एवं न्यूनिकरण गर्नको लागि नेपाल सरकारद्धारा प्रचारप्रसार तथा जिल्ला प्रशासन कार्यालय बारा समेतबाट भएको निर्देशन बमोजिम मास्क प्रयोग गर्नेलार्य नियन्त्रणमा लिएको हो ।

प्रहरीले मास्क प्रयोग गर्ने सम्बन्धी सूचना प्रसारण गरि सचेतना अभियान संचालन गरिएता पनि सो को अवज्ञा गरि बिना मास्क व्यवसाय संचालन गर्ने व्यापारी, सवारी चलाउने चालक, पैदल हिडडुल गर्ने पैदल यात्रीहरू मध्ये १०२ जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डिएसपी गौतम मिश्रले जानकारी दिए ।

उनीहरुलाई संक्रामक रोग ऐन २०२० अनुसार जिल्ला प्रशासन कार्यालय बारा मार्फत प्रति व्यक्ति एक सय रुपैयाँ जरिवाना पश्चात छाडिएको मिश्रले बताए ।

images
प्रकाशित मिति :आषाढ २२, २०७७ सोमवार - १९:४३:२३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology