ललितपुर । पाटन हस्पिटलको एक डाक्टरमा कोरोना भाइरस (कोभिड–१९) पोजिटिभ देखिएको छ ।
पाटन हस्पिटलका निर्देशक डा. विष्णु प्रसाद शर्माले इन्टनको रुपमा काम गर्ने डाक्टरमा कोरोना देखिएको जानकारी दिए । संक्रमित डाक्टरको स्वाब असार १८ गते पाटन हस्पिटलको संकलन गरी परीक्षण गर्दा सोमबार कोरोना पोजिटिभ देखिएको हो ।
ललितपुर महानगरपालिका वडा नं. १९ कुमारीपाटी बस्ने वर्ष २५ की पाटन हस्पिटलमा इन्टनको रुपमा काम गर्ने एक महिलामा कोरोना देखिएको हो । उनको स्थायी घर रौतहट हो । स्वास्थ्य अवस्था सामान्य रहेको र हाल कोभिड वाडमा भर्ना भएकी छिन् ।
यो पनि पढ्नुहोस
स्टार हस्पिटलका तीन कर्मचारी कोरोना संक्रमित
अल्का हस्पिटलका तीन कर्मचारी कोरोना संक्रमित
यी हुन्, सोमबार महालक्ष्मी नगरपालिका देखिएका ५ कोरोना संक्रमित