Logo

बिहिवार, कार्तिक ६ गते २०८३

images

कोरोनाबाट पाटन हस्पिटलमा एक युवाको मृत्यू

कोरोनाबाट पाटन हस्पिटलमा एक युवाको मृत्यू

दैनिकी न्यूज

२३, आषाढ २०७७
कोरोनाबाट पाटन हस्पिटलमा एक  युवाको मृत्यू
images

ललितपुर । ललितपुरको पाटन हस्पिटलमा उपचाररत २७ वर्षिय पुरुषको निधन भएको छ । गत असार २० गते विहान ८ बजेको समयमा गोरखा जिल्ला, भिमसेन गाउँपालिका वडा नं. २ बस्ने युवक आफ्नै घरको काठको दलानमा पासो लगाई झुण्डिएका थिए ।

स्थानीयले पासो काटी स्थानीय अस्पतातलमा उपचार गरेको र थप उपचारको लागि असार २० गते बेलुकी साढे ९ बजे पाटन हस्पिटल ल्याइएको थियो ।

ती युवकको उपचारको क्रममा असार २२ गते राती पौने दश बजे उपचारको क्रममा मृत्यू भएको थियो । पाटन हस्पिटल अनुसार ती युवकको आज विहान पिपिआर रिपोर्ट पोजिटिभ आएको बतायो ।

स्वास्थ कार्यालय ललिततुरका प्रमुख डा. खगेश्वर गेलालका अनुसार शब व्यवस्थापनको कार्य राज दल गणले गरिरहेको जानकारी दिए ।

 

images
प्रकाशित मिति :आषाढ २३, २०७७ मंगलवार - १०:३९:१५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology