ललितपुर । ललितपुरको पाटन हस्पिटलमा उपचाररत २७ वर्षिय पुरुषको निधन भएको छ । गत असार २० गते विहान ८ बजेको समयमा गोरखा जिल्ला, भिमसेन गाउँपालिका वडा नं. २ बस्ने युवक आफ्नै घरको काठको दलानमा पासो लगाई झुण्डिएका थिए ।
स्थानीयले पासो काटी स्थानीय अस्पतातलमा उपचार गरेको र थप उपचारको लागि असार २० गते बेलुकी साढे ९ बजे पाटन हस्पिटल ल्याइएको थियो ।
ती युवकको उपचारको क्रममा असार २२ गते राती पौने दश बजे उपचारको क्रममा मृत्यू भएको थियो । पाटन हस्पिटल अनुसार ती युवकको आज विहान पिपिआर रिपोर्ट पोजिटिभ आएको बतायो ।
स्वास्थ कार्यालय ललिततुरका प्रमुख डा. खगेश्वर गेलालका अनुसार शब व्यवस्थापनको कार्य राज दल गणले गरिरहेको जानकारी दिए ।