काठमाडौं । शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र बाँसबारीमा भर्ना भएका ७ जना बिरामीमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । अ
अस्पतालले आज सूचना जारी गर्दै अर्को व्यवस्था नभएसम्मका लागि इमर्जेन्सीबाहेकका अन्य सेवा बन्द गरिएको जानकारी दिएको छ ।
भर्ना भएका केही बिरामीमा संक्रमण भएकोले स्वास्थ्य संवेदनशीलतालाई ध्यानमा राखी आकस्मिक बाहेकका सबै सेवा बन्द गरेको अस्पतालका निर्देशक डा. चन्द्रमणि अधिकारीले जानकारी दिए ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडीसीडी) का अनुसार सोमबार अस्पताल भर्ना भएका ७ जनामा संक्रमण पुष्टि भएको हो ।