Logo

सोमवार, श्रावण २५ गते २०८३

images

मन्त्रिपरिषद बैठक बस्दै, को बन्ला प्रहरी महानिरीक्षक ?

मन्त्रिपरिषद बैठक बस्दै, को बन्ला प्रहरी महानिरीक्षक ?

दैनिकी न्यूज

२३, आषाढ २०७७
मन्त्रिपरिषद बैठक बस्दै, को बन्ला प्रहरी महानिरीक्षक ?
images

काठमाडौं । आज मन्त्रिपरिषद बैठक बस्दैछ ।

बैठक अपरान्ह ४ बजेका लागि ठाकिएको हो । बैठकले नेपाल प्रहरीका लागि नयाँ प्रमुख छनौट गर्ने छ ।

हालका प्रहरी महानिरीक्षक (आईजीपी) ठाकुरप्रसाद ज्ञवालीले ३० वर्षे सेवा अवधिका कारण बुधबारबाट अवकाश पाउँदैछन् ।

उनीसँगै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) तारिणीप्रसाद लम्साल र प्रहरी नायब महानिरीक्षक (डीआईजी) सूर्यप्रसाद उपाध्यायले पनि अवकाश पाउनेछन् ।

नयाँ महानिरीक्षक बन्ने दौडमा एआईजी शैलेश थापा क्षेत्री र हरिबहादुर पाल छन् ।

थापाको संगठनमा इमान्दार अधिकृतका रुपमा छवि छ भने पाल कमाण्ड कन्ट्रोलका कारण चिनिन्छन् ।

images
प्रकाशित मिति :आषाढ २३, २०७७ मंगलवार - १२:४६:५४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology