Logo

सोमवार, श्रावण २५ गते २०८३

images

यसकारण शेयर बजार चम्कियो, यी हुन् सर्वाधिक कमाउने र गुमाउने कम्पनीहरु

यसकारण शेयर बजार चम्कियो, यी हुन् सर्वाधिक कमाउने र गुमाउने कम्पनीहरु

दैनिकी न्यूज

२३, आषाढ २०७७
यसकारण शेयर बजार चम्कियो, यी हुन् सर्वाधिक कमाउने र गुमाउने कम्पनीहरु
images

काठमाडौं । मंगलबार पनि शेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) सूचक ३७.९३ अंकले बढेर १ हजार ३३६.६६ विन्दुमा आएर आजको कारोबार बन्द भएको छ । त्यस्तै गरी ‘क’ वर्गका कम्पनीहरुको मापन सेन्सेटिभ परिसुचक पनि ६.७१ अंकले बढेर २ सय ८२.५९ को बिन्दुमा पुगेर कारोबार बन्द भएको छ ।

कुल १७८ वटा कम्पनीको २८ लाख ८३ हजार ४९८ कित्ता शेयर किनवेच भई १ अर्ब २१ करोड २४ लाख २६ हजार २६७ रुपैयाँ बराबरको कारोबार भएको छ । यस दिन १८ हजार १४० वटा कारोबार भएका छन् ।

शेयर बजार ३७.९३ अंकले बढेसँगै सेयर बजारमा उत्साह देखिएको छ । कारोबार रकम र नेप्से सूचक दुवैमा सुधार देखिएको छ । पछिल्ला कारोबारहरुले बजार क्रमशः सकारात्मक बाटोमा लागेको देखाउँछ । बजार तलमाथि गरिरहन्छ । निरन्तर बढ्ने वा घट्ने भन्ने होइन । तर अस्वभाविक उतारचढावबाट बजार सुरक्षित छ वा छैन भन्ने प्रमुख विषय हो । कोभिड–१९ को त्रास र यसले उत्पन्न गरेको लामो बन्दाबन्दीका कारण लगानीकर्ताहरु त्रसित भएका थिए । आजको शेयर बजार बढेसँगै लगानीकर्ताहरुले थप राहत महसुस गरेका छन् ।

यस दिन कारोबारमा आएका सबै समूहको शेयर मूल्य बढेको छ । बैकिङ समूह २५.८३ अंक, व्यापार समूह ३४.६१ अंक, होटल्स समूह १२७.१ अंक, विकास बैंक समूह ३४.८१ अंक, जलविद्यूत समूह २६.४९ अंक, वित्त समूह १९.०४ अंक, निर्जीवन बीमा समूह ३६५.४६ अंक, उत्पादन ४१.८३ अंक, अन्य २७.०५, लघुवित्त ७६.५५ अंक, जीवन विमा समूह १९८.३८ अंक र म्युचल फण्ड समूह ०.१६ अंकले बढेका छन् ।

धेरै कारोबार गर्ने कम्पनीहरु
यो दिन नेपाल पुर्नविमा कम्पनीको धेरै कारोबार भएको छ । जसको ९ करोड १२ लाख ६७ हजार ८३ रुपैया बराबरको कारोबार भएको छ । त्यस्तै नेपाल लाइफ इन्स्योरेन्सको ८ करोड ६० लाख ३५ हजार १२० रुपैयाँ, हिमालयन डिष्ट्रिलरीको ५ करोड ८६ लाख ६६ हजार ८८३ रुपैयाँ, एनएमबी बैंकको ५ करोड ९ लाख २३ हजार १६१ रुपैयाँ बराबरको कारोबार भएका छन् ।

सर्वाधिक कमाउने कम्पनी
आज मञ्जुश्री फाइनान्स, पुर्नबीमा कम्पनी, नेपाल सेवा लघुवित्त, ओरियन्टल होटल्स र प्रुडिन्स्यिल इन्स्योरेन्सको शेयर मूल्य १० प्रतिशतले शेयर मुल्य बढेको छ । त्यस्तै हिमालयन जनरल इन्स्योरेन्सको ९.९७ प्रतिशत, सूर्योदय लघुवित्तको ९.९५ प्रतिशत, सामुदायिक लघुत्तिको ९.९५ प्रतिशत, सिद्धार्थ इन्स्योरेन्सको ९.९४ प्रतिशत, प्रभु इन्स्योरेन्सको ९.८८ प्रतिशतले शेयर मूल्य बढेका छन् ।

सर्वाधिक गुमाउने कम्पनी
आज खानी खोला हाइड्रोपावरको ३.८५ प्रतिशतले शेयर मुल्यमा गिरावट आएको छ । त्यस्तै ग्लोबल आईएमई लघुवित्तको ३.७१ प्रतिशत, घलेम्दी हाइड्रको ३.४५ प्रतिशत, रिलायन्स फाइनान्सको ३.०८ प्रतिशतले गिरावट आएको छ ।

बैंकका सहायक कम्पनीलाई ब्रोकर लाइसेन्स दिन सिफारिस गरिएसँगै शेयर बजारमा चमक देखिएको हो ।

images
प्रकाशित मिति :आषाढ २३, २०७७ मंगलवार - १५:२१:३९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology