Logo

सोमवार, श्रावण २५ गते २०८३

images

असार २४ गते हुने रातो मचिन्द्रनाथको रथारोहण स्थगित

असार २४ गते हुने रातो मचिन्द्रनाथको रथारोहण स्थगित

दैनिकी न्यूज

२३, आषाढ २०७७
असार २४ गते हुने रातो मचिन्द्रनाथको रथारोहण स्थगित
images

ललितपुर । जिल्ला प्रशासन कार्यालय ललितपुरले असार २४ गते रातो मछिन्द्रनाथको रथारोहण स्थागित गर्ने निर्णय गरेको छ ।

जिल्ला प्रशासन कार्यालय ललितपुरले आज गुठी संस्थानलाई एक पत्रलेखि २४ गते हुने भनिएको रथारोहण स्थगित गर्न पत्रमा भनिएको छ ।

1.jpg

वर्षा र सहकालका देवताका रुपमा रातो मछिन्द्रनाथलाई पूजिन्छ । नेपालको सबैभन्दा लामो जात्राको रुपमा परिचित छ मछिन्द्रनाथको रथ । यो जात्रा काठमाडौं उपत्यकाको सबैभन्दा प्रसिद्ध जात्रा पनि हो । करिब १६ सय वर्ष अघि सुरु भएको मछिन्द्रनाथको रथ जात्रा वैशाख शुक्ल प्रतिपदामा सुरू भएर असार शुक्ल चौथीसम्म करिब दुई महिना चल्छ।
यात्रा जावलाखेलमा पुगेको चौथो दिनमा भोटो देखाएकै दिन रातो मच्छिन्द्रनाथको रथलाई खटमा राखी बुङ्मती पुर्याउनुपर्ने परम्परा रहिआएको छ। छ महिनासम्म बुङ्मतीमा रथ राखेपछि साइत हेरेर पाटन मच्छिन्द्रबहालमा ल्याइन्छ । यसरी रातो मच्छिन्द्रनाथको रथलाई छ महिना पाटन र छ महिना बुङ्मतीमा राख्ने गरिन्छ ।

 

images
प्रकाशित मिति :आषाढ २३, २०७७ मंगलवार - १५:५९:०८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology