Logo

आइतवार, श्रावण २४ गते २०८३

images

कोरोना संक्रमित १६ हजार नाघ्यो, काठमाडौं १४, ललितपुर १० र भक्तपुरमा ४ थपिए

कोरोना संक्रमित १६ हजार नाघ्यो, काठमाडौं १४, ललितपुर १० र भक्तपुरमा ४ थपिए

दैनिकी न्यूज

२३, आषाढ २०७७
कोरोना संक्रमित १६ हजार नाघ्यो, काठमाडौं १४, ललितपुर १० र भक्तपुरमा ४ थपिए
images

काठमाडौं । पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको ६ हजार १३३ जनामा पिसीआर परीक्षणमा २०४ जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना अपडेटबारे नियमित प्रेस ब्रिफिङमा यस्तो जानकारी दिएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार १६८ पुगेको छ ।

आज काठमाडौंमा १४, ललितपुरमा १० र भक्तपुरमा ४ जना गरी काठमाडौं उपत्यकामा २८ जना कोरोना संक्रमित थपिएका छन् ।

मन्त्रालयका अनुसार सोमबार देशभर २५ हजार ७२७ जना क्वारेन्टाइनमा रहेका छन् । त्यस्तै कुल ८ हजार ६३४ जना आइसोलेसनमा उपचाररत रहेका छन् ।

आज २ सय ६४ जना डिस्चार्ज भएका छन् । योसँगै नेपालमा डिस्चार्ज हुनेको संख्या ७ हजार ४९९ जना पुगेको छ । नेपालका ७७ जिल्लामा कोरोना भाइरसको संक्रमण फैलिएको छ ।

images
प्रकाशित मिति :आषाढ २३, २०७७ मंगलवार - १६:२५:०९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology