Logo

सोमवार, श्रावण २५ गते २०८३

images

५ हजार घुससहित असई अख्तियारको फन्दामा

५ हजार घुससहित असई अख्तियारको फन्दामा

दैनिकी न्यूज

२४, आषाढ २०७७
५ हजार घुससहित असई अख्तियारको फन्दामा
images

काठमाडौं । सर्लाहीमा कार्यरत असई राम विश्वास राय यादव घुससहित पक्राउ परेका छन् ।

सेवाग्राहीसँग ५ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा प्रहरी चौकी गौरीशंकरमा कार्यरत असई यादवलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासको टोलीले पक्राउ गरेको हो ।

नियन्त्रणमा लिएको भारतीय नम्बर प्लेटको मोटरसाइकल छाड्ने विषयमा यादवले सेवाग्राहीसँग घुस मागेको सूचनाको आधारमा आयोगको टोलीले उनलाई ईश्वरपुर नगरपालिका–१० श्रीनगर महारानी बजारस्थित कार्यालय परिसरबाट रङ्गेहात नियन्त्रणमा लिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

आयोगका प्रवक्ता कोइरालका अनुसार यादवलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको छ ।

images
प्रकाशित मिति :आषाढ २४, २०७७ बुधवार - ०८:३२:१० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology