Logo

आइतवार, श्रावण २४ गते २०८३

images

नेकपा स्थायी कमिटी बैठक शुक्रबारसम्मका लागि स्थगित

नेकपा स्थायी कमिटी बैठक शुक्रबारसम्मका लागि स्थगित

दैनिकी न्यूज

२४, आषाढ २०७७
नेकपा स्थायी कमिटी बैठक शुक्रबारसम्मका लागि स्थगित
images

काठमाडौं । सत्तारुढ दल नेपाल कम्यिुनिष्ट पाटी (नेकपाको) जारी स्थायी कमिटिको आजको बैठक शुक्रबार (असार २६ गते) ११ बजेसम्मका लागि स्थगित भएको छ ।

सो कुराको जानकारी प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले दिएका हुन् । पार्टी भित्र देखिएको असमझदारी हटाउन अध्यक्षा द्वयबीच छलफल जारी रहेका बेला बैठक पुन स्थगित गरिएको हो ।

पार्टीमा देखिएको विवाद समाधानका लागि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ व्यस्त रहेकाले बैठक स्थगित गरिएको बताइएको छ ।

आज पनि पार्टी अध्यक्ष ओली र प्रचण्डबीच पार्टीमा देखिएको विवाद समाधानका लागि छलफल गर्दै छन् ।

 

images
प्रकाशित मिति :आषाढ २४, २०७७ बुधवार - ०९:५९:१५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology