Logo

सोमवार, श्रावण २५ गते २०८३

images

गृहसचिवले लगाइदिए आईजीपी क्षेत्रीलाई फूली

गृहसचिवले लगाइदिए आईजीपी क्षेत्रीलाई फूली

दैनिकी न्यूज

२५, आषाढ २०७७
गृहसचिवले लगाइदिए आईजीपी क्षेत्रीलाई फूली
images

काठमाडौं । नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक (आईजीपी) शैलेश थापा क्षेत्रीले दर्ज्यानी चिह्न ग्रहण गरेका छन् ।

गृह मन्त्रालयमा बिहीवार बिहान आयोजित कार्यक्रमकाबीच गृहसचिव महेश्वर न्यौपानेले आईजीपी क्षेत्रीलाई दर्ज्यानी चिह्न प्रदान गरेका हुन् । नवनियुक्त आईजीपीलाई गृह सचिवले दर्ज्यानी चिह्न प्रदान गर्ने परम्परा छ ।

नवनियुक्त आईजीपी क्षेत्रीले आफ्नो कार्यकालमा नेपाल प्रहरीलाई उत्कृष्ट संगठन बनाउने प्रतिबद्धता व्यक्त गर्दै पदीय चुनौतिलाई अवसरमा रुपान्तरण गर्ने आफ्नो सत्प्रयास रहने उल्लेख गरेका छन् ।

३० वर्ष सेवा अवधि पुरा गरी निबर्तमान आईजीपी ठाकुर प्रसाद ज्ञवाली हिजोदेखी प्रहरी सेवाबाट अवकाश भएका छन्। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले क्षेत्रीलाई प्रहरी महानिरीक्षकमा नियुक्त गरेको थियो ।

images
प्रकाशित मिति :आषाढ २५, २०७७ बिहिवार - १०:४४:०८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology