Logo

सोमवार, श्रावण २५ गते २०८३

images

एनआईसी एसिया लघुवित्तको शेयर मूल्यमा पोजेटिभ सर्किट

एनआईसी एसिया लघुवित्तको शेयर मूल्यमा पोजेटिभ सर्किट

दैनिकी न्यूज

२५, आषाढ २०७७
एनआईसी एसिया लघुवित्तको शेयर मूल्यमा पोजेटिभ सर्किट
images

काठमाडौं । धितोपत्र दोस्रो बजारमा आजदेखि कारोबार सुरु गरेको एनआईसी एसिया लघुवित्त वित्तीय संस्थाको सेयरमूल्यमा बजार खुलेको २० मिनेटमै पोजेटिभ सर्किट लागेको छ।

यो कम्पनीको सेयरमूल्यमा ९.९७ प्रतिशत वृद्धि हुँदै पोजेटिभ सर्किट लागेको हो। योसँगै कम्पनीको सेयर प्रतिकित्ता ३३ रुपैयाँ बढेर ३६४ रुपैयाँ पुगेको छ। यो कम्पनीको सेयर कारोबार आज पहिलो दिन प्रतिकित्ता ३३१ रुपैयाँमा खुलेको थियो।

एनआईसी एशिया लघुवित्तमा खरिदकर्ताको चाप, बिक्रीकर्ता भने शुन्य
लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमा खरिदकर्ताको चाप देखिएको छ। खरिदकर्ताहरुको उच्च चाप रहेपनि बिक्रीकर्ता भने शून्य रहेको मार्केट डेप्थले देखाउँछ।

मार्केट डेप्थ अनुसार ५ लाख ९६७ कित्ता बाई अडर छ। लगानीकर्ताहरुले १० प्रतिशतमूल्य बढाएर खरिद गर्न चाहेपनि बिक्रीकर्ताहरु सो मूल्यमा बेच्न चाहिरहेका छैनन्। मार्केट डेप्थ अनुसार ३६४ रुपैयाँमा ३ लाख २८ हजार ४८० कित्ता खरिदका आदेशहरु छन्। यस लघुवित्तको शेयर ३३१ रुपैयाँमा प्रि ओपनिङ्ग सेसनमा पहिलो कारोबार भएको थियो।

यसैदिनदेखि कारोबार शुरु भएको यस लघुवित्तको शेयरमूल्य बजार खुलेको २० मिनेटमै १० प्रतिशत बढिसकेको थियो।

images
प्रकाशित मिति :आषाढ २५, २०७७ बिहिवार - १३:०९:१५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology