काठमाडौं । पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको ४ हजार ५८८ जनामा पिसीआर परीक्षणमा १०८ जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना अपडेटबारे नियमित प्रेस ब्रिफिङमा यस्तो जानकारी दिएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार ५३१ पुगेको छ ।
मन्त्रालयका अनुसार सोमबार देशभर २४ हजार ४२५ जना क्वारेन्टाइनमा रहेका छन् । त्यस्तै कुल ८ हजार ६०५ जना आइसोलेसनमा उपचाररत रहेका छन् ।
आज १ सय ८ जना डिस्चार्ज भएका छन् । योसँगै नेपालमा डिस्चार्ज हुनेको संख्या ७ हजार ८९१ जना पुगेको छ । नेपालका ७७ जिल्लामा कोरोना भाइरसको संक्रमण फैलिएको छ । नेपालमा कोरोना संक्रमणबाट ३५ जनाको मृत्यु भएको छ ।