काठमाडौं । अजोड इन्स्योरेन्सले निष्काशन गरेको आईपिओमा पहिलो बिहीबार बेलुका ५ बजेसम्ममा १ लाख २९ हजार बढी लगानीकर्ताले करिब ५० लाख कित्ता बढी शेयरको लागि आवेदन दिएका छन् । यो कम्पनीले निष्काशन गरेको शेयरको १.८३ गुण बढी हो ।
अजोड इन्स्योरेन्सले ३० लाख कित्ता आईपीओ निष्काशन गर्न लागेको छ । सर्वसाधारणका लागि छुट्याईएको कुल ३० कित्ता आईपीओमध्ये कम्पनीले १ लाख २० हजार कर्मचारीका लागि र १ लाख ५० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याएर बाँकी रहेको २७ लाख ३० हजार कित्ता सार्वजनिक निष्कासन मार्फत विक्री खुला गर्न लागेको हो ।
यो आईपीओमा छिटोमा असार २९ र ढिलोमा साउन ८ गतेसम्म विक्रीमा रहनेछ । भने खरीद गर्न चाहनेले न्यूनतम १० कित्तादेखि अधितम १० हजार कित्तासम्म आवेदन गर्न सक्नेछन् ।
विक्री प्रबन्धकसँगै कम्पनीको केन्द्रिय कार्यालय सुन्धारा र धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरेका सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिनेछ । साथै, मेरो शेयर मार्फत घरमै बसेर पनि आवेदन दिन सकिनेछ ।
कम्पनीले आईपीओ विक्रीका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट असार ७ गते स्वीकृति पाएको थियो ।
अजोड इन्स्योरेन्सको आईपीओलाई केयर रेटिङ नेपालले आधारभूत पक्ष औषतभन्दा तल रहेको संकेत गर्ने ग्रेड ४ रेटिङ प्रदान गरेको छ । आईपीओ विक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल रहेको छ ।
हाल रू. ७० करोड चुक्तापूँजी रहेको यस कम्पनीको आईपीओ निष्कासन पश्चात रू. १ अर्ब चुक्तापूँजी कायम हुनेछ ।