Logo

सोमवार, श्रावण २५ गते २०८३

images

नेकपा स्थायी कमिटीको बैठक ७ दिनका लागि स्थगित

नेकपा स्थायी कमिटीको बैठक ७ दिनका लागि स्थगित

दैनिकी न्यूज

२६, आषाढ २०७७
नेकपा स्थायी कमिटीको बैठक ७ दिनका लागि स्थगित
images

काठमाडौं । सत्तारुढ दल नेपाल कम्प्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटीको बैठक थप ७ दिनसम्मका लागि स्थगित भएको छ ।

देशभर बाढी पहिराको प्रकोपले ठूलो जनधनको क्षति पुर्‍याएको परिस्थितिलाई मध्यनजर गर्दै बैठक आगामी शुक्रबारसम्म स्थगित गरिएको हो ।

नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले ट्वीटरमार्फत् स्थायी कमिटीको बैठक स्थगित भएको जानकारी दिएका छन् । उनले ट्वीटरमा लेखेका छन्, ‘देशभर भैरहेको अतिवृष्टि र सिन्धुपलाञ्चोकलगायत केही जिल्लाहरुमा जनधनको ठूलो क्षतिसमेत भइसकेको स्थितिमा सम्पूर्ण पार्टीपंक्तिलाई उद्दार एवं राहातमा लाग्न र आसन्न सम्भावित क्षतिलाई सकेसम्म रोक्ने कार्यमा लाग्न पार्टीको तर्फबाट निर्देशन दिँदै स्थायी कमिटीको बैठक ७ दिन स्थगित ।’

images
प्रकाशित मिति :आषाढ २६, २०७७ शुक्रवार - १०:३७:०३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology