Logo

आइतवार, श्रावण २४ गते २०८३

images

काठमाडौंका एक युवाको कोरोनाबाट मृत्यु

काठमाडौंका एक युवाको कोरोनाबाट मृत्यु

दैनिकी न्यूज

२६, आषाढ २०७७
काठमाडौंका एक युवाको कोरोनाबाट मृत्यु
images

ललितपुर । कोरोना संक्रमण भएर उपचाररत एक युवाको उपचारकै क्रममा पाटन अस्पतालमा मृत्यु भएको छ । काठमाडौं शंखमुलका ३० वर्षीय ती युवा कोरोना संक्रमण पुष्टि भएपछि असार २३ गते पाटन अस्पतालको कोभिड वार्डमा भर्ना भएका थिए । उनको उपचारकै क्रममा शुक्रबार दिउसो ४ः३० बजे मृत्यू भएको नेपाली सेनाको उच्च स्रोतले जनाएको छ ।

ती युवाको केहीबेरअघि पशुपति आर्यघाटको विद्युतीय शव गृहमा जलाइएको नेपाली सेनाको राजदल गणका प्रमुख सेनानी उत्तम सापकोटाले जानकारी दिए ।

युवाको शवको व्यवस्थापनमा आर्मीको टीम परिचालन गरिएको थियो । बिहीबार पनि कोरोना संक्रमित भएर मृत्यु भएका सिन्धुपाल्लोकका ३५ वर्षिय युवाको पनि आजै विद्युतीय शव गृहमा जलाईएको सापकोटाले बताए । 

images
प्रकाशित मिति :आषाढ २६, २०७७ शुक्रवार - २१:१३:०९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology