Logo

आइतवार, श्रावण २४ गते २०८३

images

ललितपुरमा कोरोना संक्रमित कति ? मन्त्रालय र प्रदेशको तथ्यांक मिलेन

ललितपुरमा कोरोना संक्रमित कति ? मन्त्रालय र प्रदेशको तथ्यांक मिलेन

दैनिकी न्यूज

२७, आषाढ २०७७
ललितपुरमा कोरोना संक्रमित कति ? मन्त्रालय र प्रदेशको तथ्यांक मिलेन
images

ललितपुर । जिल्लाका कोरोना संक्रमितको संख्या कति हो भन्ने विषयमा प्रदेश र मन्त्रालयमा फरक तथ्यांक देखिएको छ ।

स्वास्थ्य कार्यालय ललितपुरले शुक्रबार साँझसम्म जिल्लामा ७४ जना संक्रमित भएको उल्लेख गरेको भने वागमती प्रदेशले ६९ जनामात्रै संक्रमित रहेको उल्लेख गरेको छ ।

स्वास्थ्य कार्यालयले सार्वजनिक गरेको पछिल्लो विवरणमा जिल्लाका ६ वटै स्थानीय तहमा कोरोना संक्रमित भेटिएका छन् । त्यसमध्ये ललितपुर महानगरपालिकामा सबैभन्दा बढी ४० जना रहेका छन् । यस्तै महालक्ष्मी नगरपालिकामा २० जना, गोदावरी नगरपालिकामा १० जना भेटिएका छन् । कोन्ञ्जोसोम गाउँपालिकामा २, वागमतीमा १ र महाँकालमा १ जना संक्रमित भेटिएको कार्यालयले जनाएको छ ।

वागमती प्रदेश अन्तर्गतको सामाजिक विकास मन्त्रालयको रेकर्डमा जम्मा ६९ मात्रै देखिन्छ, यसआधारमा ललितपुरका ५ जना संक्रमित प्रदेशको रेकर्डमा देखिदैन ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विगत केहीदिनदेखि जिल्लाका संक्रमितको संख्या सार्वजनिक गरेको छैन । बिहीबार एकैदिन देखिएका १८ जना संक्रमित मध्ये मन्त्रालयले जम्मा १३ जना मात्रै सार्वजनिक गरेको थियो ।

बागमती प्रदेश, सामाजिक विकास मन्त्रालयको तथ्यांक

bag.PNG

स्वास्थ्य कार्यालय ललितपुरको तथ्यांक

1.jpg

यो पनि पढ्नुहोस

ललितपुरमा एकैदिन देखिएका १८ संक्रमितको विवरण सरकारले लुकायो

 

images
प्रकाशित मिति :आषाढ २७, २०७७ शनिवार - १३:२४:२८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology