ललितपुर, असार २७ । शुक्रबार ललितपुरको दुई स्थानमा कोरोना संक्रमित दुई जना महिला भेटिएको छ ।
शुक्रबार थपिएका संक्रमितमा मकवानपुर जिल्ला हेटौडा घर भई हाल ललितपुर जिल्ला, ललितपुर महानगरपालिका वडा नं. १५ महालक्ष्मीस्थान बस्ने २३ वर्षकी महिला रहेकी छिन् ।
त्यस्तै अर्का संक्रमितमा ललितपुर जिल्ला, महालक्ष्मी नगरपालिका वडा नं.२ इमाडोल बस्ने वर्ष २४ की महिला रहेकी छ्नि । स्रोतका अनुसार उनी नेपाल मेडिसिटी हस्पिटलका स्टाफ नर्स हुन । दुवै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।