Logo

सोमवार, श्रावण २५ गते २०८३

images

करीब ६ अर्ब बराबरको आईपीओ विक्री हुँदै, ४ ओटा बीमा कम्पनीको साधारण शेयर आउँदै 

करीब ६ अर्ब बराबरको आईपीओ विक्री हुँदै, ४ ओटा बीमा कम्पनीको साधारण शेयर आउँदै 

दैनिकी न्यूज

२८, आषाढ २०७७
करीब ६ अर्ब बराबरको आईपीओ विक्री हुँदै, ४ ओटा बीमा कम्पनीको साधारण शेयर आउँदै 
images

काठमाडौं । कोरोनाका कारण मुलुकको समग्र आर्थिक क्षेत्र नै प्रभावित भइरहेका बेला प्राथमिक शेयर निष्कासन गरेका दुई ओटा कम्पनीका शेयरमा लगानीकर्ताको उल्लेख्य आकर्षण देखिएपछि थप १९ ओटा कम्पनीले साधारण शेयर९आईपीओ० विक्री गर्ने भएका छन् ।

नेपाल धितोपत्र बोर्डका अनुसार कुल रू।५ अर्ब ८४ करोड ९१ लाख ४१ हजार २२० बराबरको साधारण शेयर विक्री गर्ने तयारी गरिएको छ । सोअनुसार ५ करोड ८४ लाख ९ हजार ८७१ कित्ता शेयर विक्री गर्न लागिएको हो ।

त्यसमा १० ओटा जलविद्युत् कम्पनीले साधारण शेयर विक्रीका लागि बोर्डसमक्ष अनुमति मागेका छन् । यस्तै चार ओटा बीमा कम्पनी, अन्य समूहका तीन ओटा कम्पनी, मर्चेन्ट बैंक र लघुवित्तका एकर एक कम्पनी रहेका छन् ।

४ ओटा बीमा कम्पनीको साधारण शेयर आउँदै
बोर्डका अनुसार जनरल इन्सयोरेन्स कम्पनी नेपालले रू. ३० करोड बराबरको ३० लाख कित्ता शेयर विक्रीको माग गर्दै यही असार ५ गते बोर्डमा आवेदन दिएको छ । सो कम्पनीको शेयर विक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।

सानिमा जनरल इन्स्योरेन्सले पनि रू। ३० करोड बराबरको ३० लाख कित्ता साधारण शेयर विक्रीको माग गर्दै यही असार १४ गते आवेदन दिएको छ । सो कम्पनीको शेयर विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल रहेको छ ।

त्यस्तै आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले रू। ६० करोड बराबरको ६० लाख कित्ता शेयर विक्रीको माग गर्दै यही असार २२ गते बोर्डमा आवेदन दिएको छ । सो कम्पनीको विक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केट लिमिटेड रहेको छ ।

यस्तै रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले रू। ६३ करोड बराबरको ६३ लाख कित्ता साधारण शेयर विक्रीको माग गर्दै बोर्डमा आवेदन दिएको छ । सो कम्पनीको शेयर सानिमा क्यापिटलले विक्री गर्नेछ ।

बोर्डका अनुसार हिमालयन हाइड्रोपावर लिमिटेडले रू। २२ करोड ५० लाख बराबरको २२ लाख ५० हजार कित्ता र विन्दाबासिनी हाइड्रोपावर कम्पनीले पनि रू। २५ करोड बराबरको २५ लाख कित्ता शेयर विक्रीका लागि आवेदन दिएका छन् ।

त्यस्तै रुरु जलविद्युत् परियोजनाले रू।७ करोड ९६ लाख ९५ हजार २२० बराबरको ८ लाख १५ हजार ४११ कित्ता साधारण शेयर विक्रीका लागि आवेदन माग गरेको छ ।

शुभम् पावर लिमिटेडले रू।५ करोड ८० लाख ५८ हजार बराबरको ५ लाख ८० हजार ५८० साधारण शेयर विक्रीको अनुमति मागेको छ । सिइडिबी हाइड्रोपावर कम्पनीले रू। २५ करोड १८ लाख २३ हजार बराबरको २५ लाख १८ हजार २३० कित्ता, तेह्रथुम पावर कम्पनीले रू। १२ करोड बराबरको १२ लाख कित्ता, मध्यभोटेकोशी जलविद्युत् कम्पनीले रू.१ खर्ब ५० करोड बराबरको १ करोड ५० लाख कित्ता साधारण शेयर विक्रीको अनुमति माग्दै बोर्ड पुगेको छ ।

त्यसैगरी मैलुङ खोला जलविद्युत् कम्पनीले रू.७ करोड ३६ लाख २८ हजार ६०० बराबरको ७ लाख ३६ हजार २८३ कित्ता, माउन्टेन इनर्जी नेपालले रू. ३९ करोड ३६ लाख ५ हजार ४०० बराबरको ३९ लाख ३६ हजार ५४ कित्ता, ग्रिनलाइफ हाइड्रोपावर लिमिटेडले रू. ३४ करोड ९६ लाख ४० हजार बराबरको ३४ लाख ९६ हजार ४०० कित्ता र सिङ्गटी हाइड्रो इनर्जी लिमिटेडले रू. ४३ करोड ५० लाख बराबरको ४३ लाख ५० हजार कित्ता साधारण शेयर विक्रीका लागि अनुमति मागेको छ ।

यस्तै सिबिआइएल क्यापिटल लिमिटेडले रू।३ करोड बराबरको तीन लाख कित्ता र समाज लघुवित्त वित्तीय संस्थाले रू। ८६ लाख बराबरको ८६ हजार कित्ता साधारण शेयर विक्रीको तयारी गर्दै बोर्डबाट अनुमति मागेको छ । अन्यतर्फका दुई ओटा कम्पनीमा चन्द्रागिरि हिल्स लिमिटेड र इमर्जिङ नेपाल लिमिटेड छन् ।

चन्द्रागिरि हिल्सले रू. १८ करोड ४० लाख ९१ हजार बराबरको १८ लाख ४० हजार ९१० कित्ता र इमर्जिङ नेपालले रू।५ करोड बराबरको ५ लाख कित्ता साधारण शेयर विक्रीका लागि अनुमति मागेको छ । बोर्डले चालू आवमा कुल नौ ओटा कम्पनीका रू.३ अर्ब ९९ करोड ४८ लाख ४ हजार बराबरको ३ करोड ९९ लाख ४८ हजार ४० कित्ता साधारण शेयर विक्रीका लागि अनुमति दिएको थियो ।

त्यसमा शिवश्री हाइड्रोपावर लिमिटेड, एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलेपमेन्ट लिमिटेड, नेपाल पुनर्बीमा कम्पनी, लिवर्टी इनर्जी, युनाइटेड इदिमर्दी एण्ड आरबी हाइड्रोपावर लिमिटेड रहेका छन् । यस्तै केही दिनअघि मात्रै एनआईसी एशिया लुघवित्त वित्तीय संस्थाले साधारण शेयर विक्री गरी नेपाल स्टक एक्सचेन्जमा समेत सूचीकृत भई कारोबार शुरु गरेको छ ।

सो कम्पनीले रू. ४७ करोड ५५ लाख बराबरको ४७ लाख ५५ हजार कित्ता शेयर सर्वसाधारणलाई बाँडफाँड गरेको थियो । यस्तै साधना लघुवित्त वित्तीय संस्था लिमिटेडले रू।७ करोड सात लाख ८० हजार बराबरको ७ लाख ७ हजार ८०० कित्ता साधारण शेयर विक्री गरेको छ । सो कम्पनीको साधारण शेयर बाँडफाँड हुन बाँकी छ ।

यस्तै अजोड इन्स्योरेन्स लिमिटेडको साधारण शेयर हाल विक्री भइरहेको छ । सो कम्पनीको रू। ३० करोड बराबरको ३० लाख कित्ता शेयर विक्री भइरहेको छ ।
उक्त कम्पनीको शेयर विक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटल रहेको छ ।

बोर्डले माउन्टेन इनर्जी नेपाललाई आयोजना प्रभावित र सर्वसाधारणलाई साधारण शेयर विक्रीका लागि अनुमति दिएको छ । बोर्डले आयोजना प्रभावित र सर्वसाधारणका लागि समान १९ लाख ६८ हजार २७ कित्ता शेयर विक्रीको अनुमति दिएको छ । रासस

images
प्रकाशित मिति :आषाढ २८, २०७७ आइतवार - ०६:२०:०० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology