काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालभर मनसुनी वायु सक्रिय छ । साथै मनसूनी न्युन चापीय रेखा नेपालको तराई भूभाग नजिक रहेको छ।
देशभर सामान्य बदली रही प्रदेश १, २ तथा बागमती, गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली प्रदेशका केहि स्थानहरुमा मेघ गर्जन चट्याङ् सहित वर्षाको भईरहेको महाशाखाले जनाएको छ।
देशका धेरैजसो स्थानहरुमा मेघगर्जन÷चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना र प्रदेश १, प्रदेश २, बागमती प्रदेशका थोरै स्थानहरुमा साथै गण्डकी प्रदेश, प्रदेश ५का एक/दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको हुँदा उक्त प्रदेशका नदीहरुमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भू–क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल/पानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
आगामी तीन दिनको मौसम पूर्वानुमान
असार २९ गते (सोमबार)
दिउँसोः देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै जसो स्थानहरुमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २ र बागमती प्रदेशका थोरै स्थानहरुमा तथा गण्डकी प्रदेशको एक/दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।
राती : देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै जसो स्थानहरुमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १ तथा प्रदेश २ थोरै स्थानहरुमा र बागमती प्रदेश तथा गण्डकी प्रदेशका एक/दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ।
असार ३० गते (मंगलबार)
दिउँसोः देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै जसो स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १ र प्रदेश २ थोरै स्थानहरुमा तथा बागमती प्रदेश, गण्डकी प्रदेश तथा प्रदेश ५ का एक/दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।
राती : देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै जसो स्थानहरुमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १ तथा प्रदेश २ थोरै स्थानहरुमा र बागमती प्रदेश, गण्डकी प्रदेश तथा कर्णाली प्रदेशका एक/दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ।
असार ३१ गते (बुधबार)
दिउँसोः देशभर आँशिकदेखि सामान्य बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, बागमती र कर्णाली प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।
राती : देशभर देशभर आँशिकदेखि सामान्य बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ।