Logo

बिहिवार, कार्तिक ६ गते २०८३

images

साधना लघुवित्तको आईपीओ आज बाँडफाँड हुने

साधना लघुवित्तको आईपीओ आज बाँडफाँड हुने

दैनिकी न्यूज

२९, आषाढ २०७७
साधना लघुवित्तको आईपीओ आज बाँडफाँड हुने
images

काठमाडौं । आज साधना लघुवित्तको साधारण सेयर (आइपीओ) बाँड्फाँड हुने भएको छ। आइपीओ आज साँझ ५ बजे बाँडफाँड हुने सेयर निष्काशन तथा बिकी प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले जनाएको छ।

आईपिओमा ४ लाख ५८ हजार ६ सय ४३ जनाले १ करोड १२ लाख ५९ हजार ८ सय ५० कित्ता लागि आवेदन दिएका छन्, जसमध्ये १० हजार ३१ जनाको आवेदन रद्द भएको छ । कम्पनीको आईपिओ गोलाप्रथाबाट ६६ हजार १ सय ५२ जनाले मात्र पाउनेछन् । बाँकी रहेका ३ लाख ९२ हजार ४ सय ९१ आवेदक हात खाली हुनेछन् ।

लघुवित्तको ७ करोड ७ लाख ८० हजार रुपैयाँ बराबरको आइपीओ बिक्री गरेको थियो । कम्पनीले एकसय रुपैयाँ अंकित ७ लाख ७ हजार ८ सयकित्ता आइपीओ निष्काशन गरेको हो । यसमध्ये ०.५० प्रतिशत अर्थात १० हजार ८९० कित्ता कर्मचारीलाई छुट्याइएको छ । यस्तै, ५ प्रतिशत अर्थात ३५ हजार ३९० कित्ता सामूहिक लगानी कोषलाई दिइएको छ । बाँकी रहेको ६ लाख ६१ हजार ५२० कित्ता सर्वसाधारणमा खुला गरेको थियो ।

लघुवित्तको आईपीओ असार २१ गतेदेखि २४ गतेसम्म निष्काशन गरेको थियो । हाल साधनाको चुक्ता पुँजी १४ करोड ६० लाख रुपैयाँ छ । हालसम्ममा कम्पनीले ६० ओटा शाखा कार्यलयहरुबाट लघुवित्त सेवा प्रदान गर्दै आएको छ ।

images
प्रकाशित मिति :आषाढ २९, २०७७ सोमवार - ११:५१:२३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology