ललितपुर । आज ललितपुरको तीन स्थानीय तहका ५ जनामा कोरोना संक्रमित देखिएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ ।
मन्त्रालयका अनुसार ललितपुर महानगर, बागमती गाउँपालिका र महालक्ष्मी नगरपालिकाका ५ जनामा कोरोना देखिएको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ ।
स्वास्थ्य कार्याल ललितपुरका अनुसार महांकाल गाउँपालिका घर भई हाल ललितपुर महानगरका धापाखेल बस्ने २९ वर्षकी महिला रहेकी छिन् । उनी असार २५ गते ललितपुरको इमाडोलस्थित किस्ट अस्पतालमा भर्ना भएकी थिइन । एक गर्भवतीसहित ४ जना बिरामीमा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
त्यस्तै भारत सितामाडि घर भई ललितपुर–१७ ग्वार्को बस्ने २६ वर्षकी सुत्केरी महिलामा कोरोना पोजिटिभ देखिएको थियो । ती महिला असार १९ गते सुत्केरी भएकी थिइन । स्वाब लिई परीक्षण गर्दा उनमा पनि कोरोना पोजिटिभ देखिएको हो ।
त्यस्तै पर्सा जिल्ला ठोरी गाउँपालिका वडा नंं. ७ स्थायी घर भई हाल ललितपुर बालकुमारीका १२ वर्षीय बालक छन् । उनी ज्वरो आएर किष्ट हस्पिटलको आइसोलेसनमा भर्ना भएका थिए ।

यस्तै, ५५ वर्षीय पथ्थरीका समस्या भएका पुरूषमा पनि संक्रमण पुष्टि भएको छ । उनी महालक्ष्मी नगरपालिका वडा नं. ६ सानागाउँ निवासी रहेको अस्पताल वडा अध्यक्ष बासुदेव महर्जनले जानकारी दिए ।
अर्का संक्रमित भने ललितपुर जिल्ला बागमती गाउँपालिका वडा नंं. ६ आश्राङका ६६ वर्षीया महिला हुन् । उनलाई दमको समेत समस्या छ । उनी असार २० गते किष्ट हस्पिटल हस्पिटल भर्ना भएका थिए ।
योसँगै ललितपुर जिल्लामा महिला ३६ र पुरुष ४४ जना गरी ८० जना संक्रमित पुगेको छ ।