Logo

सोमवार, श्रावण २५ गते २०८३

images

यसरी भयो साधना लघुवित्तको आइपीओ बाँडफाँड

यसरी भयो साधना लघुवित्तको आइपीओ बाँडफाँड

दैनिकी न्यूज

२९, आषाढ २०७७
यसरी भयो साधना लघुवित्तको आइपीओ बाँडफाँड
images

काठमाडौँ । साधना लघुवित्तले सर्वसाधारणमा बिक्री गरेको आइपीओ बाँडफाँड गरेको छ । ग्लोबल आइएमई क्यापिटलको कार्यालयमा भएको बाँडफाँडमा ६६ हजार १५२ जना आवेदकले १० कित्ताका दरले शेयर हात पारेका छन ।

लघुवित्तको आइपीओमा ३ लाख ८१ हजार ६७७ जना आवेदकको भने हात खाली भएको हो। लघुवित्तले असार २१ गतेदेखि प्रतिकित्ता १ सय रुपैयाँका दरले ७ लाख ७ हजार ८ सय कित्ता आईपीओ बिक्री खुल्ला गरेको थियो। कुल शेयरमध्ये ०।५० प्रतिशत अर्थात १० हजार ८९० कित्ता कर्मचारीहरुको लागि र ५ प्रतिशत अर्थात ३५ हजार ३९० कित्ता शेयर सामूहिक लगानी कोषको लागि छुट्याएर बाँकी ६ लाख ६१ हजार ५२० कित्ता शेयर सर्वसाधारणमा बिक्री खुल्ला गरेको थियो।

लघुवित्तको आईपीओ असार २१ गतेदेखि २४ गतेसम्म निष्काशन गरेको थियो । हाल साधनाको चुक्ता पुँजी १४ करोड ६० लाख रुपैयाँ छ । हालसम्ममा कम्पनीले ६० ओटा शाखा कार्यलयहरुबाट लघुवित्त सेवा प्रदान गर्दै आएको छ ।

images
प्रकाशित मिति :आषाढ २९, २०७७ सोमवार - १८:३०:४३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology