काठमाडौं । अजोड इन्स्योरेन्सले निष्काशन गरेको आइपीओमा सोमबार बेलुका पाँच बजेसम्ममा ४ लाख ९८ हजार ६४९ हजार आवेदकबाट १ करोड ८१ लाख ३ हजार ७५० कित्ता अर्थात १ अर्ब ८१ करोड ३ लाख ७५ हजार रुपैयाँ बराबरको आवेदन परेको बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटलले जनाएको छ। यो सर्वसाधारणको लागि बिक्री खुला गरिएको आइपीओमा ६.६२ गुणा बढी हुन आउछ।
अजोड इन्स्योरेन्सले असार २५ गतेदेखि असार २९ गतेसम्म ३० लाख कित्ता आईपीओ निष्काशन गरेको छ । सर्वसाधारणका लागि छुट्याईएको कुल ३० कित्ता आईपीओमध्ये कम्पनीले १ लाख २० हजार कर्मचारीका लागि र १ लाख ५० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याएर बाँकी रहेको २७ लाख ३० हजार कित्ता सार्वजनिक निष्कासन मार्फत विक्री खुला गर्न लागेको हो ।
कम्पनीले आईपीओ विक्रीका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट असार ७ गते स्वीकृति पाएको थियो ।
अजोड इन्स्योरेन्सको आईपीओलाई केयर रेटिङ नेपालले आधारभूत पक्ष औषतभन्दा तल रहेको संकेत गर्ने ग्रेड ४ रेटिङ प्रदान गरेको छ । आईपीओ विक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल रहेको छ ।
हाल रू. ७० करोड चुक्तापूँजी रहेको यस कम्पनीको आईपीओ निष्कासन पश्चात रू. १ अर्ब चुक्तापूँजी कायम हुनेछ ।