कामाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा छिमेक लघुवित्तको ३२ लाख कित्ता बोनस शेयर सूचीकृत भएको छ।
लघुवित्तले गत आर्थिक वर्षको नाफाबाट वितरण गरेका चुक्ता पूँजी १ अर्ब १८ करोड रुपैयाँको २७.११ प्रतिशत बोनस शेयर सूचीकृत भएको हो।
लघुवित्तले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई २७.११ प्रतिशत बोनस शेयर र कर सहित १७.२१ प्रतिशत नगद गरि कूल ४४.३२ प्रतिशत लाभांश वितरण गरेको थियो।
उक्त बोनस मंसिर १५ गतेसम्म कायम शेयरधनीले पाउनेछन्। बोनस पश्चात लघुवित्तको चुक्ता पूँजी १ अर्ब ५० करोड रुपैयाँ पुगेको छ।