Logo

आइतवार, श्रावण २४ गते २०८३

images

आज ११६ जना कोरोना संक्रमित थपिए, काठमाडौंमा ७ जना संक्रमित, डिस्चार्ज हुनेको ११ हजार नाघ्यो

आज ११६ जना कोरोना संक्रमित थपिए, काठमाडौंमा ७ जना संक्रमित, डिस्चार्ज हुनेको ११ हजार नाघ्यो

दैनिकी न्यूज

३१, आषाढ २०७७
आज ११६ जना कोरोना संक्रमित थपिए, काठमाडौंमा ७ जना संक्रमित, डिस्चार्ज हुनेको ११ हजार नाघ्यो
images

काठमाडौं । पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको ५ हजार ९० जनामा पिसीआर परीक्षणमा ११६ जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना अपडेटबारे नियमित प्रेस ब्रिफिङमा यस्तो जानकारी दिएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १७ हजार १७७ जना पुगेको छ ।

आज काठमाडौंका ७ जनामा संक्रमित थपिएका छन् ।

मन्त्रालयका अनुसार बुधबार देशभर २४ हजार ५२७ जना क्वारेन्टाइनमा रहेका छन् । त्यस्तै कुल ६ हजार ११३ जना आइसोलेसनमा उपचाररत रहेका छन् । हालसम्म २ लाख ९८ हजार ८२९ जनाको पिसिआर विधिबाट परीक्षण गरिएको छ ।

आज ६९७ जना डिस्चार्ज भएका छन् । योसँगै नेपालमा डिस्चार्ज हुनेको संख्या ११ हजार २५ जना पुगेको छ । नेपालका ७७ जिल्लामा कोरोना भाइरसको संक्रमण फैलिएको छ । आजसम्म ३८ जनाको मृत्यू भएको छ ।

images
प्रकाशित मिति :आषाढ ३१, २०७७ बुधवार - १६:३२:२८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology