ललितपुर । ललितपुरको गोदावरी नगरपालिकाले भोली (साउन १ गते) सार्वजनिक विदा दिएको छ ।
हिन्दुहरुको विशेष सांस्कृतिक पर्व साउने संक्रान्तिको उपलक्ष्यमा सार्वजनिक विदा दिइएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद जैसीद्वारा जारी सूचनामा उल्लेख छ । भोली नगरपालिकाभित्रका सबै कार्यालयहरुमा सर्वजनिक विदा दिने भनी नगर कार्यपालिकाले असार २९ गते निर्णय गरेको थियो ।
