Logo

आइतवार, श्रावण २४ गते २०८३

images

यातायात व्यवस्था कार्यालयमा सेवाग्राहीलाई हैरानी दिएको अभियोगमा ४ जना पक्राउ

यातायात व्यवस्था कार्यालयमा सेवाग्राहीलाई हैरानी दिएको अभियोगमा ४ जना पक्राउ

दैनिकी न्यूज

१, श्रावण २०७७
यातायात व्यवस्था कार्यालयमा सेवाग्राहीलाई हैरानी दिएको अभियोगमा ४ जना पक्राउ
images

काठमाडौं । चन्द्रागिरी नगरपालिका–१० गुर्जुधारास्थित यातायात व्यवस्था कार्यालय परिसरमा सेवाग्राहीलाई हैरानी दिएको अभियोगमा ४ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा ओखलढुंगा चम्पादेबी गाउँपालिका(४ घर भएका ३० वर्षीय पुष्कर कटुवाल, धनुषा हरीहरपुर गाउँपालिका–७ घर भएका ३० वर्षीय बिमल लामा, धादिङ बेनीघाट रोराङ गाउँपालिका–६ घर भएका २६ वर्षीय बिनोद पुलामी र लमजुङ मर्स्याङदी गाउँपालिका–२ घर भएका २६ वर्षीय उज्जवल गुरुङ रहेका छन ।

उक्त कार्यालय क्षेत्रमा यातायात कार्यालय जाने सेवाग्राहीलाई छिटो काम सम्पन्न गरिदिन्छु भनी सार्वजनिक सडकमै सर्वसाधारण सेवाग्राहीलाई हैरानी दिइरहेको अवस्थामा महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

images
प्रकाशित मिति :श्रावण १, २०७७ बिहिवार - १७:३०:५९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology