Logo

आइतवार, श्रावण २४ गते २०८३

images

शुक्रबार सुनचाँदीको भाउ ह्वात्तै घट्यो, कतिमा हुँदैछ कारोबार ?

शुक्रबार सुनचाँदीको भाउ ह्वात्तै घट्यो, कतिमा हुँदैछ कारोबार ?

दैनिकी न्यूज

२, श्रावण २०७७
शुक्रबार सुनचाँदीको भाउ ह्वात्तै घट्यो, कतिमा हुँदैछ कारोबार ?
images

काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनचाँदीको भाउ घटेको छ ।

बिहीबार छापावाल सुन प्रतितोला ९२ हजार ७ सय रुपैयाँमा कारोबार भएकोमा आज (शुक्रबार) तोलामा ५ सय रुपैयाँले घटेर कारोबार भैरहेको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार आज (शुक्रबार) छापावाल सुन प्रतितोला ९२ हजार २ सय रुपैयाँमा कारोबार भैरहेको छ । त्यस्तै तेजावी सुन प्रतितोला ९१ हजार ७६० रहेको छ ।

4-2.PNG

त्यस्तै आज चाँदीको भाउ पनि घटेको छ । शुक्रबार चाँदीको भाउ प्रति तोलामा १० रुपैयाँले घटेर ९९५ रुपैयामा कारोबार भैरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तर बिहीबार चाँदी प्रति तोला १ हजार ५ रुपैयाँमा कारोबार भएको थियो

images
प्रकाशित मिति :श्रावण २, २०७७ शुक्रवार - १०:५९:५१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology