Logo

बिहिवार, कार्तिक ६ गते २०८३

images

यसरी भयो अजोड इन्स्योरेन्सको आईपीओ बाँडफाँड

यसरी भयो अजोड इन्स्योरेन्सको आईपीओ बाँडफाँड

दैनिकी न्यूज

२, श्रावण २०७७
यसरी भयो अजोड इन्स्योरेन्सको आईपीओ बाँडफाँड
images

काठमाडौं । अजोड इन्स्योरेन्सले निष्काशन गरेको आईपीओ बाँडफाँड भएको छ । कम्पनीले असार २५ गते देखि सर्वसाधारणको लागि निष्काशन गरेको २७ लाख ३० हजार कित्ता शेयर आज बाँडफाँड भएको हो ।

कम्पनीको आईपीओमा ४ लाख ८४ हजार ४९८ वटा योग्य आवेदनबाट एक करोड ७२ लाख १५ हजार ४९० कित्ता शेयर माग भएको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलले जनाएको छ ।

त्यसमध्ये गोलाप्रथाका आधारमा २ लाख ७३ हजार जनाले मात्रै १० कित्ताका दरले शेयर पाएका छन् । बाँकी २ लाख ११ हजार ४९८ जना अर्थात कुल आबेदकको ४३.६५ प्रतिशतले शेयर पाएनन् ।

क्यापिटलका अनुसार आईपीओमा ५ लाख २ हजार २९८ वटा आवेदन परेकोमध्ये १७ हजार ८०० वटा आवेदन रद्ध भएका छन् ।

कम्पनीले असार २५ गतेदेखि देखि आईपिओ बिक्रि खुला गरेको हो । कम्पनीले ३० करोड बराबरको ३० लाख कित्ता आईपिओ निष्काशन गरेको हो । जस मध्ये ४ प्रतिशत अर्थात १ लाख २० हजार कित्ता कर्मचारीको लागि र ५ प्रतिशत अर्थात १ लाख ५० हजार कित्ता सामुहिक लगानी कोषको लागि छुट्याइएको छ । बाँकि रहेको २७ लाख ३० हजार कित्ताको लागि सर्वसाधारणको लागि आवेदन दिएका हुन् ।हाल कम्पनीको चुक्ता पुँजी ७० करोड रहेकोमा आईपिओ निष्काशपछि चुक्ता पुँजी १ अर्ब पुग्ने छ ।

images
प्रकाशित मिति :श्रावण २, २०७७ शुक्रवार - १५:५५:०० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology