काठमाडौं । नेपाल राष्ट्र बैंकले शेयर धितो कजार्नको सिमा बढाएर ७० प्रतिशत कायम गरेको छ। कन्द्रिय बैंकले आगामी आर्थिक वर्ष २०७७÷७८ को मौद्रिक नीतिमार्फत शेयर धितो कर्जाको सिमालाई बढाएर ७० प्रतिशत पुर्याएको हो।
यसअघि यस्तो कर्जाको सिमा ६५ प्रतिशत कायम थियो। त्यस्तै बैंक तथा वित्तीय संस्थाले शेयर धितो कर्जा प्रवाह गर्दा १२० दिनको औषत मूल्यलाई आधार मानी कर्जा प्रवाह गर्न सक्ने भएका छन्। शेयर धितो मूल्याँकन गर्दा विद्यमान १८० दिनको अन्तिम मूल्य अर्थात शेयरको प्रचलीत बजार मूल्यमा जुन कम हुन्छ सो को १८० दिनको औषत मूल्ल्यको आधारमा शेयर धितोको मूल्याँकन गर्ने व्यवस्था थियो। यसलाई परिवर्तन गरी १२० दिन कायम गरीएको हो।