Logo

आइतवार, श्रावण २४ गते २०८३

images

अब बैंक तथा वित्तीय संस्थाले आफूखुसी सेवाशुल्क लिन नपाउने, राष्ट्र बैंकले तोक्यो सीमा

अब बैंक तथा वित्तीय संस्थाले आफूखुसी सेवाशुल्क लिन नपाउने, राष्ट्र बैंकले तोक्यो सीमा

दैनिकी न्यूज

२, श्रावण २०७७
अब बैंक तथा वित्तीय संस्थाले आफूखुसी सेवाशुल्क लिन नपाउने, राष्ट्र बैंकले तोक्यो सीमा
images

काठमाडौं । बैंक तथा वित्तीय संस्थाले ऋणीसँग आफूखुसी सेवा शुल्क लिन नपाउने भएका छन् । सेवा शुल्कमा बैंक तथा वित्तीय संस्थाले ऋणीमाथि अन्याय गरेको गुनासो आएपछि नेपाल राष्ट्र बैंकले सीमा नै तोकेको छ ।

नयाँ सीमा अनुसार वाणिज्य बैंकहरुले कुल कर्जाको ०.१५ प्रतिशत, विकास बैंकहरुले १ प्रतिशत, फाइनान्स कम्पनीहरुले १.२५ प्रतिशत र लघुवित्त वित्तीय संस्थाहरुले १।५ प्रतिशत मात्रै सेवा शुल्क लिन पाउने छन् ।

चालु आर्थिक वर्षको मौद्रिक नीति सर्वजनिक गर्दै नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले यस्तो व्यवस्था गरिने बताएका हुन्।

images
प्रकाशित मिति :श्रावण २, २०७७ शुक्रवार - १६:५०:०१ बजे

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology