Logo

आइतवार, श्रावण २४ गते २०८३

images

सामाजिक दुरी कायम नगर्ने ३० वटा सार्वजनिक भाडाका सवारी साधन ट्राफिक प्रहरीको नियन्त्रणमा

सामाजिक दुरी कायम नगर्ने ३० वटा सार्वजनिक भाडाका सवारी साधन ट्राफिक प्रहरीको नियन्त्रणमा

दैनिकी न्यूज

३, श्रावण २०७७
सामाजिक दुरी कायम नगर्ने ३० वटा सार्वजनिक भाडाका सवारी साधन ट्राफिक प्रहरीको नियन्त्रणमा
images

काठमाडौँ । सरकारले तोकेको स्वास्थ्य मापदण्ड पालना नगरी बढी यात्रु बोकेर सञ्चालनमा ल्याएका यात्रुवाहक सार्वजनिक भाडाका ३० वटा सवारी साधनलाई विशेष चेकजाँच गरी महानगरीय ट्राफिक प्रहरी महाशाखाले पक्राउ गरेको छ ।

कोरोना भाईरस रोकथाम र नियन्त्रणका लागि सरकारले तोकेको स्वास्थ्य मापदण्ड पूरा नगरी सम्बन्धित जिल्लाभित्र सञ्चालन आएका सार्वजनिक यातायातलाई विशेष चेकजाँचमार्फत कडाई गरेको जानकारी महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक भिम प्रसाद ढकालले दिए ।

ती नियन्त्रणमा लिएका सवारी साधनलाई आज दिनभर नियन्त्रण लिई आगामी दिनमा गल्ती नगर्न भनि सम्झाई बुझाई छाडिएको ढकालले बताए । सार्वजनिक यातायातमा चढ्ने सबै यात्रुले मास्क लगाउनुपर्ने, सेनिटाइजर प्रयोग गर्नुपर्ने, चालकले पन्जासहित मास्क पनि लगाउनुपर्ने, सिटको आधा मात्रै यात्रु चढाउनु पर्ने, सिटको एक लहरमा एक जना मात्रै यात्रु राख्नुपर्ने र तोकिएको भाडादरको ५० प्रतिशत बढी भाडा लिन पाउने जस्ता व्यवस्थालाई दुरूस्त पालना गराउनको लागि ४४ वटै ट्राफिक कार्यालयबाट विशेष टोली परिचालन गरिएको महाशाखाले जनाएको छ ।

सरकारले तोकेको स्वास्थ्य मापदण्ड पूरा गर्न, यात्रुको स्वास्थ्यलाई ध्यानमा राखी स्यानिटाइजर, मास्क उपलब्ध गराउने र एक पटक परिक्रमा गरेपछि डिसइन्फेक्सन गर्ने जस्ता कार्यहरू गर्न आग्रह गर्दै ५५८ वटा भाडाका सवारी साधनलाई सम्झाईबुझाई गरेको पनि महाशाखाले जनाएको छ ।

images
प्रकाशित मिति :श्रावण ३, २०७७ शनिवार - २०:०६:३७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology