Logo

सोमवार, श्रावण २५ गते २०८३

images

शेयर बजारमा उछाल, लाग्यो पहिलो सर्किट ब्रेक

शेयर बजारमा उछाल, लाग्यो पहिलो सर्किट ब्रेक

दैनिकी न्यूज

४, श्रावण २०७७
शेयर बजारमा उछाल, लाग्यो पहिलो सर्किट ब्रेक
images

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) बजार खुलेको ६ मिनेटमै नेप्से सूचक ४ प्रतिशत बढेपछि शेयर कारोबार २० मिनेटको लागि स्थगन गरिएको छ ।
बजार खुलेदेखि नै उच्च रुपले बढ्न थालेको नेप्से सूचक ६ मिनेटमा नै ४.०५ प्रतिशत अर्थात ५६.४४ अंकले बढेको छ ।
यस अवधिमा नेप्से सूचक ५६.४४ अंकले बढेर नेप्से १४५१.२१ विन्दुमा पुगेको छ भने ३ करोड ६९ लाख ८५ हजार ८०८ रुपैयाँ बराबरको कारोबार भएको छ । यस अवधिमा १ लाख ८ हजार ७० कित्ता शेयरको किनबेच भएको छ भने ३८७ वटा कारोबार भएको छ ।

4-4 su.PNG

images
प्रकाशित मिति :श्रावण ४, २०७७ आइतवार - ११:१५:१४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology